गायिका नेम्बाङको श्वासप्रश्वासमा गम्भिर समस्य

एभरेष्ट संवाददाता ।

पुष-२३, काठमाण्डौँ । लामो समय बेलायतको बसोबासपछि नेपाल फर्केका गायिका मनु नेम्बाङको श्वासप्रश्वासमा गम्भिर समस्य देखिएपछि अस्पतालमा भर्ना भएकीछिन ।


गत २०७६ सालको तिहारमा कार्यक्रमको लागि बेलायत पुगेको गायिका नेम्बाङ लकडाउनको कारण लामो समय बेलायतमै रहदा हावापानी नमिलेको कारण खोकी लाग्दै आएपनि उचित उपचार नहुँदा फोक्सोमा संक्रमाण अर्थात Infection भइ गम्भिर समस्या देखिएको उपचारमा संलग्न डा. आषिश श्रेष्ठले बताउनु भयो ।

फाइल फोटोः बेलायतको कार्यक्रममा बरिष्ठ लिम्बुगीतकार सुवर्ण नेम्बाङसंग पालाम गाउदै . . .


छाती दुख्ने समस्य बढ्दै गएपछि जाचको क्रममा फोक्सोमा समस्यदेखिएको गायिका नेम्बाङले बताइन ।


चेकजाचको लागि पाटन अस्पतालमा भर्ना भएपनि श्वासप्रश्वासमा चिन्ताजन अवस्था रहेकोले तत्कालै आपतकालिन उपचारको लागि सुमेरु अस्पताल पुल्चोकमा भर्ना गरिएको जनाइएको छ ।


काभिड १९ महामारीको कारण अस्पतालमा बस्न असहज महसुस गरेकाले स्वथ्यमा सुधार आएपछि चिकित्सकको निगरानीमा हाल गायिका नेम्बाङकै निबासमा उपचार भइरहेको बताइएको छ ।


चिकित्सकले उनलाई केही अबधिको लागि कसैसंग भेटघाट तथा बोलचाल पूर्णरुपमा बन्द गर्न सुझाएको छ ।
फोक्सोमा परेको संक्रामण र औषधीको असरले निकै सिथिल बनाएको गायिका नेम्बाङले बताइन ।

About Everest News 762 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*