लाहुरे तथा मुग्लान शव्दको अर्थ

अंग्रेज सेनामा भारतमा रहेको गोर्खा सैनिकको तस्विर हो यो । प्रथम विश्व युद्ध शुरु हुनु भन्दा एक वर्ष अगाडी खिचिएको यो तस्विरमा सैनिक पोशाकमा गोर्खाली निकै आकर्षक देखिन्छ । बिदेशी सेनाको लागी नेपालीहरुले भर्ति हुन बलभद्र कुँवरले शुरुवात गरेका थिए । सुगौली सन्धि पछि रुष्ट भएका बलभद्र कुँवर बि.सं. १८७६ मा पञ्जाव केशरी रञ्जित सिंहको सेनामा भर्ति हुन लाहोर पुगेका थिए । त्यति बेला उनको साथमा अन्यलाई पनि लगेका थिए । उनलाई त्यहा शुरु गरिएको नयाँ रेजिमेन्टको कमाण्डर बनाइएको थियो । उनलाई निकै आकर्षक तलव दिएर लोभ्याइएको थियो । त्यो बेला उनले दैनिक १० रुपैया पाँउथे । उनको कार्य क्षेत्र लाहोर थियो । जसले गर्दा लाहुरे शब्दको शुरुवात भयो । त्यतिबेला सेनामा भर्ति हुन लाहोर जाने भनिन्थ्यो । जसले गर्दा त्यहा जाने लाहुरे भए । सिख राजा हिन्दु हुँदा नेपालीलाई सहज थियो । तर केही नेपाली मुस्लिम कमाण्डरको अधिनमा भर्ति भएका थिए । मुस्लिम कमाण्डरलाई मुग्लाने भनिन्थ्यो । तसर्थ मुग्लान जाने शब्द बन्न गयो । नेपालबाट भारत पस्नेहरुले या त लाहुर जाने भन्थे वा मुग्लान जाने भन्थे । सिख अफगान युद्धमा १८७९ चैत्र ३ गते बलभद्रको निधन भयो ।१८७१ कार्तिकमा शुरु भएको नेपाल अंग्रेज युद्धको बिच गोर्खाली सैनिकको रुपमा भर्ति भएका गढवाली तथा पहाडीहरुले बिद्रोह गरेर भगुवा सैनिकको रुपमा अंग्रेजसंग मिल्न पुगे । जसले गर्दा नेपाललाई निकै क्षति पुग्यो । यहि सैनिकहरुलाई समाहित गरेर अंग्रेजले फस्ट गोर्खा राइफल गठन गरे । यसरी शुरु भएको गोर्खा रेजिमेन्ट १९७१ सम्म आइपुग्दा १० वटा पुगिसकेको थियो । पहिलो विश्व युद्धको समाप्ति पछि बाँचेर छुट्टीमा आएका (लाहुरे) सैनिकहरुले आफुले लुटेका सामान तथा परिवारको लागी किनेर ल्याएका सामानको साथ केही नौलो ज्ञान तथा अन्य सामग्री पनि लिएर आए । बिभिन्न देश पुगेर आएका उनिहरुले नयाँ ज्ञान सिकेर आएका थिए भने खल्ति भरि पैसा पनि लिएर आएका थिए । उनिहरुको आगमन संगै नेपालीले ब्लेडले दाह्री काट्न सिके । उनिहरुले रमाइलोको लागी बोकेर ल्याएको तास बिस्तारै यहाँ जुवाको रुपमा प्रयोग भयो । यिनिहरुले साथमा ल्याएको साबुनले नेपालीले नुहाउन जाने । यस अगाडी एक प्रकारको माटो वा खरानीले नुहाउने गरिन्थ्यो । चुरोटको नसा यहि लाहुरेको साथ प्रबेश गर्यो । चियाको बिकास गाँउ गाँउमा भयो । रक्सीको लागी भट्टी पसल खुले । पहिलो विश्व युद्धमा अंग्रेज सेनामा रहेका ६० हजार, तत्कालै अस्थाइ भर्ना गरेका ४० हजार तथा नेपाल सरकारले पठाएका १६५४४ सैनिकले लडेका थिए । यस बापत नेपाल सरकारले त्यति बेला १० लाख पाउण्ड सहयोग पाएका थिए । यहि पैसाले नै नेपालमा चन्द्रशम्शेरले देशमा थुप्रै बिकासको योजनाहरु पुरा गरेका थिए । अंग्रेज सेनामा रहेका सैनिकहरु एकै चोटी ठूलो संख्यामा देशमा फर्कदा देशको आर्थिक अवस्था एकैचोटि बदलिएको अनुभुति गरे । तर करिव २० हजार सैनिक मृत्यु तथा अंगभंग भएर देश फर्किए । फेसबुकबाट

About Everest News 760 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*