एभरेष्ट संवाददाता
माघ १, काठमाण्डौँ । श्वास–प्रश्वासमा गम्भिर असरपरेपछि उपचारमा रहेका गायिका मनु नेम्बाङलाई विगेसो (ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन)ले स्वस्थ्य लाभको कामना सहित विशेष उपहार प्रदान गरेकाछन ।
निङवारे पान्हा (मनको कुराहरू) गीति एल्बम तथा हाक्पारे पालाम लिएर बेलायत पुगेको नेम्बाङ लकडाउनको कारण लामो समय बेलायतको बसाइपछि केही दिनअघि मात्रै नेपाल फर्किएको थिए ।
फोक्सोमा गम्भिर असर परेको कारण र होम आइसोलेशनमा उपचार भइरहेको गायिका नेम्बाङलाई भेटघाटगरि स्वास्थ्य लाभको कामना गरेकाछन ।
विगेसोको सल्लाकार तथा मानवशास्त्री डा. ओम गुरुङको नेतृत्वमा आएका समुहले फुल गुच्छा तथा खदा लगाइ सिघ्र स्वस्थ्य लाभको कामना गरे ।
नेता परि थापा, अधिबक्ता फडिन्द्र कार्की र विगेसो काठमाण्डौँ संयोजक डम्बर यक्सोले स्वस्थ्य लाभको कामना सहित हौसला प्रदान गरेको थिए ।
यसैगरि किरात याक्थुङ चुम्लङ केन्द्रीय अध्यक्ष योगराज वनेम, महासचिव निरन्ती तुम्बापो, सास्कृतिक परिषदका केन्द्रीय अध्यक्ष गोविन्द आङबुङ, नेम्बाङ समाज नेपालको केन्दीय अध्यक्ष प्रियकुमार नेम्बाङ र चुम्लुङ जिल्ला कार्यसमिति झापाबाट अध्यक्ष बिबेक योङहाङले पनि भेटे ।
बरिष्ठ गायक बालन्द राई र मिक्सिङ सनम महर्जन समेतले पालैपालो गरि स्वस्थ्य लाभको कामना गरेका थिए ।
फोक्सोमा गम्भिर रुपमा संक्रामण भएको गायिका नेम्बाङ चिकित्सको सल्लाह बमोजिक भौतिक दुरी कायम गर्दै पालैपाल भेटघाट गरेको थिए ।
गायिका नेम्बाङ फोक्सो विशेषज्ञ डा. आशिष श्रेष्ठको निरिक्षणमा रहेको बताइन ।
हाक्पारे र पालामको रानी उपाधिले लोकप्रिय गायिका नेम्बाङ छातीको समस्यले लामो समयदेखि खोकीले सताए पनि कार्यक्रम र रेकर्डिङका व्यस्तताको कारण समयमा नै उपचारमा जान नपाउदा गम्भिर रोगको सिकार बन्नु परेको गायिका नेम्बाङले बताइन ।
बेलायतमा लामो समय बस्नु परेको कारण बर्ष दिनसम्म उनको स्वर कुरेकाहरू मध्ये केहीको गीत मात्रै गाउन सकेको र धेरैजनालाई आफ्नो स्वस्थ्यले साथ नदिदा “शुभ चिन्तक, दर्शक–स्रोतालाई धोका दिएको जतिकै भो” रोगले सिथिल विमारी माथि पिडाले खिन्न मुद्रमा बताइन ।
धेरै शुभ चिन्तक र शुभेक्षुकको कामनाले चाडैँ कुशल हुने आशामा रहेका केही मन हलुङ्गो पाराले बताइन ।
विश्वमहामारी कोभिड–१९को कारण सामाजिक दुरी कायम गर्नुपर्ने भएकाले अधिकांश शुभ चिन्तक आफन्तजन तथा लाखौदर्शक स्रोताले फेसबुक मेसन्जर, ह्वाट्अपस् र भाइबर लगायतका सामाजिक सञ्जालबाट स्वस्थ्य लाभको कामनाले आफ्नो जिम्मेवारी अझै धेरै बाँकीरहेको महसुस भएको गायिका नेम्बाङ बताइन ।
Leave a Reply