निरीक्षक पप्पु नायक ‘पुलिस अफ द मन्थ’

एभरेष्ट न्यूज

माघ-९, काठमाण्डौँ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक पप्पु नायक ‘पुलिस अफ द मन्थ’ भएका छन् ।

उनलाई चोरी, अवैध लागूऔषध कारोबारी लगायत विभिन्न आपराधिक घटनाकाका फरार प्रतिवादी पक्राउ तथा कानुनी कारबाहीको दायरामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै कार्यालयले पुरस्कृत गरेको हो ।

प्रदेश १ का डीआईजी ईश्वर बाबु कार्कीले नायकलाई पुस महिनाको पुलिस अफ द मन्थको घोषणा गरेका हुन् । नायकले इँटाभट्टामा जिउँदै व्यक्तिलाई हालेर जलाएको अभियोग लागेका पूर्वमन्त्री तथा कांग्रेसका निलम्बित सांसद मोहम्द अफताब आलमलाई पक्राउ गर्न पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

आलमलाई उक्त आरोपमा २०७६ असोजमा पक्राउ गरिएको थियो ।प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रदेशभरीका प्रहरी कर्मचारीमध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।

सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।

About Everest News 762 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*