एभरेष्ट संवाददाता
माघ ११ , काठमाण्डौँ । फोक्सोको संक्रामणबाट थलिएकी गायिका मनु नेम्बाङलाई किरात याक्थुङ चुम्लुङ जिल्ला कार्यसमिति ललितपुरले फुल गुच्छाले अपर्ण गर्दै सिघ्र स्वस्थ्य लाभको कामना व्यक्त गरे ।
किरात याक्थुङ चुम्लुङ ललितपुर जिल्ला अध्यक्ष राम बहादुर बोखिम , उपाध्यक्ष टङ्क जबेगु, पुर्ब अध्यक्ष मकर ध्वोज वनेम, कोस अध्यक्ष अगेन्द्र वनेम, केन्दिय सदस्य क्याप्टेन शिव कुमार पाङ्गेन्हाङ, क्याप्टेन चुम्लुङ राष्ट्रिय परिषद सदस्य चन्द्र साबा सहितको जम्बोटोली एकैसाथ भेट गर्न आएको थिए ।
यसैगरि ‘मेरो माया फुल जस्ती’ बोल चर्चित गीतको सर्जक कृष्ण तेम्बे, गायिका कमला आङबुहाङ, मेनुका लिम्बु र सुनिता थेगीम समेतले क्रमशः भेटघाट तथा सु-स्वस्थ्यको कामना व्यक्त गरे ।
सङ्गीतकार तथा गायक इमाहाङ सेत्लिङ अझ प्रारम्भिक दिनबाट नै नियमित रुपमा भेट्नुको साथै विशेष निगरानी समेत गर्नु भएको गायिका नेम्बाङले बताइन ।
“कार्य व्यस्ताको कारण लामो समयसम्म पातलिएको भेटघाट गायिका नेम्बाङमा आएको स्वस्थ्य समस्यले मात्रै जुरायो नत्र अझै कतिपछि मात्रै भेट हुन्थ्यो” साहित्यकार भिमा खजुमले बताइन ।
आफ्नो स्वस्थ्यप्रति शुभचिन्तक, दर्शक, स्रोता, आफन्तजन, सुमदाय सबैले देखाएको सद्भाव र न्यानो मायाले आफूलाई सधै रोगसंग लड्न उच्च मनोबल मिलेको भन्दै केही भावुक समेत भइन ।
गायिका नेम्बाङले आफ्नो स्वस्थ्यमा धेरै सुधार भइसकेको एरभेष्ट न्यूजलाई बताइन ।
क्रमशः यो पनि पढ्नु होस् . . .
श्वास–प्रश्वासमा गम्भिर असरले थलिएका गायिका नेम्बाङलाई विगेसोको उपहार,
चुम्लुङ केन्द्रको जम्बोटोलीद्धारा सिघ्र स्वस्थ्यको कामना ।
एभरेष्ट संवाददाता
माघ १, काठमाण्डौँ । श्वास–प्रश्वासमा गम्भिर असरपरेपछि उपचारमा रहेका गायिका मनु नेम्बाङलाई विगेसो (ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन)ले स्वस्थ्य लाभको कामना सहित विशेष उपहार प्रदान गरेकाछन ।
निङवारे पान्हा (मनको कुराहरू) गीति एल्बम तथा हाक्पारे पालाम लिएर बेलायत पुगेको नेम्बाङ लकडाउनको कारण लामो समय बेलायतको बसाइपछि केही दिनअघि मात्रै नेपाल फर्किएको थिए ।
फोक्सोमा गम्भिर असर परेको कारण र होम आइसोलेशनमा उपचार भइरहेको गायिका नेम्बाङलाई भेटघाटगरि स्वास्थ्य लाभको कामना गरेकाछन ।
विगेसोको सल्लाकार तथा मानवशास्त्री डा. ओम गुरुङको नेतृत्वमा आएका समुहले फुल गुच्छा तथा खदा लगाइ सिघ्र स्वस्थ्य लाभको कामना गरे ।
नेता परि थापा, अधिबक्ता फडिन्द्र कार्की र विगेसो काठमाण्डौँ संयोजक डम्बर यक्सोले स्वस्थ्य लाभको कामना सहित हौसला प्रदान गरेको थिए ।
यसैगरि किरात याक्थुङ चुम्लङ केन्द्रीय अध्यक्ष योगराज वनेम, महासचिव निरन्ती तुम्बापो, सास्कृतिक परिषदका केन्द्रीय अध्यक्ष गोविन्द आङबुङ, नेम्बाङ समाज नेपालको केन्दीय अध्यक्ष प्रियकुमार नेम्बाङ र चुम्लुङ जिल्ला कार्यसमिति झापाबाट अध्यक्ष बिबेक योङहाङले पनि भेटे ।
बरिष्ठ गायक बालन्द राई र मिक्सिङ सनम महर्जन समेतले पालैपालो गरि स्वस्थ्य लाभको कामना गरेका थिए ।
फोक्सोमा गम्भिर रुपमा संक्रामण भएको गायिका नेम्बाङ चिकित्सको सल्लाह बमोजिक भौतिक दुरी कायम गर्दै पालैपाल भेटघाट गरेको थिए ।
गायिका नेम्बाङ फोक्सो विशेषज्ञ डा. आशिष श्रेष्ठको निरिक्षणमा रहेको बताइन ।
हाक्पारे र पालामको रानी उपाधिले लोकप्रिय गायिका नेम्बाङ छातीको समस्यले लामो समयदेखि खोकीले सताए पनि कार्यक्रम र रेकर्डिङका व्यस्तताको कारण समयमा नै उपचारमा जान नपाउदा गम्भिर रोगको सिकार बन्नु परेको गायिका नेम्बाङले बताइन ।
बेलायतमा लामो समय बस्नु परेको कारण बर्ष दिनसम्म उनको स्वर कुरेकाहरू मध्ये केहीको गीत मात्रै गाउन सकेको र धेरैजनालाई आफ्नो स्वस्थ्यले साथ नदिदा “शुभ चिन्तक, दर्शक–स्रोतालाई धोका दिएको जतिकै भो” रोगले सिथिल विमारी माथि पिडाले खिन्न मुद्रमा बताइन ।
धेरै शुभ चिन्तक र शुभेक्षुकको कामनाले चाडैँ कुशल हुने आशामा रहेका केही मन हलुङ्गो पाराले बताइन ।
विश्वमहामारी कोभिड–१९को कारण सामाजिक दुरी कायम गर्नुपर्ने भएकाले अधिकांश शुभ चिन्तक आफन्तजन तथा लाखौदर्शक स्रोताले फेसबुक मेसन्जर, ह्वाट्अपस् र भाइबर लगायतका सामाजिक सञ्जालबाट स्वस्थ्य लाभको कामनाले आफ्नो जिम्मेवारी अझै धेरै बाँकीरहेको महसुस भएको गायिका नेम्बाङ बताइन ।
Leave a Reply