एभरेष्ट न्यूज
किराती समाजमा तीन चुलाको ठुलो महत्व छ । तीन चुला बारेमा बिभिन्न किराती बिश्वसहरु भए पनि मुख्य निम्न प्रकार हुन्छन् ।१) पापालुङ ः कुलको पुरुष पितृहरुको प्रतिक मानिने२) मामालुङ ः कुलको स्त्री पितृहरुको प्रतिक मानिने३) रमीलुङ ः छर छिमेक तथा नाता कुटुम्बहरुको प्रतिक मानिनेपापालुङलाई सेवा स्थान तिर फर्कंदा अगेनाको अगाडी देब्रे पट्टि स्थापना गरिन्छ । यसले किराती आदि पिता पारुहाङ र राम्रो मरौ भई पितृमा गएको कुलको पुरुष पितृहरुको प्रतिनिधित्व गर्दछ । मामालुङलाई अगेनाको अगाडी दाहिने पट्टि स्थापना गरिन्छ । यसले किराती आदि माता सुम्निमा र राम्रो मरौ भई पितृमा गएको कुलको महिला पितृहरुको प्रतिनिधित्व गर्दछ । रमीलुङलाई अगेनाको पछाडि पट्टि बीच भागमा स्थापना गरिन्छ । यसले छर छिमेक, नाता कुटुम्ब तथा देश पर्देशका पितृहरुको प्रतिनिधित्व गर्दछ । यसलाई पापालुङ र मामालुङ बीचको संबन्ध सुत्र पनि मानिन्छ । यस चुलाले दुर्घट्ना, नराम्रो घट्ना तथा आत्मिक संसारबाट हुने नराम्रो प्रभाबहरुबाट बचाउने बिश्वास गरिन्छ । नराम्रो मरौ भएको पितृहरु चैं पितृ चुलामा जाँदैनन् भनेर मानिएको छ । यसरी तीन चुलाले प्रतिनिधित्व गर्ने पितृ आत्माहरुलाई उधौली तथा उभौली कर्महरु र अन्य चाडबाडहरुमा आह्वान गरिन्छ । यी पितृ आत्माहरुलाई शक्ति सौर्य, धन दौलत, बुद्धि बिबेक, सुखा शान्ति प्राप्त होस भनी पुकारिन्छ । यी तीनवटा चुला ढुंगाहरुलाई समबाहु त्रिभुजको रुपमा स्थापना गरिन्छ । यीनै तीन चुलालाई घेर्ने गरी बर्गाकार चेप्टो ढुंगाको बर्गाकार अगेना बनाइन्छ । यी तीन चुला ढुंगाहरुको केन्द्रमा समकोण परी आकासको दिशातिर सबै पितृ आत्माहरुको शक्ति आगोको रुपमा संकेन्द्रित भएको हुन्छ भन्ने बिश्वास गरिन्छ । चित्रमा देखाए जस्तै प्रकारले किरातीहरुले तीन चुला स्थापना गर्दछन् । एक हात बराबर ४५ सेन्टीमिटर, एक बित्ता बराबर २० सेन्टिमिटर हुन्छ र एक अंगुल बराबर १.६६६७ सेन्टिमिटर हुन्छ । १२ अंगुल बराबर १ बित्ता र २.२५ बित्ता बराबर एक हात हुन्छ । यो किरातीहरुको मौलिक मापन बिधि हो । नाप्ने फित्ताहरु बिकास नभएको प्राचीनकालमा किरातीहरु आफ्नो हातलाई नै मापनको साधन बनाउथे । आज पनि इन्जिनियरहरु यो मापन बिधिलाई प्रयोग गरिनै रहेका छन् । चुला ढुंगा करिब २ बित्ता ४ अंगुल उचो, १ बित्ता चौडा र ६ अंगुल मोटाईको हुन्छ । त्यस मध्ये ठाडो पारेर पाउने १० अंगुल अगेनामा गाढ्नु पर्दछ । चुला ढुंगाको त्रिभुजको भुजाको लम्बाई २ बित्ता हुन्छ । चुला ढुंगाहरुको एक आपस बीचको स्पष्ट दुरी १ बित्ता ३ अंगुल राखिनु पर्दछ । अगेनाको बर्गको भुजाको भित्री नाप १ हात ४ अंगुल हुन्छ । अगेनाको बर्ग बनाइने चेप्टो ढुंगाको उचार्ई एक बित्ता ८ अंगुल हुन्छ भने मोटाई ४ अंगुल हुन्छ । लम्बाई भने आबश्यकता अनुसार हुन्छ । पुरै लामो ढंगा नभेटिए दुई वा दुई भन्दा बढि ढुंगाहरु जोड्न पनि सकिन्छ । अगेनाको बर्गाकार बिट बनाउने ढंगालाई आठ अंगुलालाई अगेनामा गढ्नु पर्दछ । अगेना बनाउदा भुइको सतह बाट ९ अंगुल तल खनी अगेनको सतह माटोले सम्याउनु पर्दछ । पानी तथा फोहोर पदार्थ अगेनामा नपसोस भनी अगेनाको बिट भुईको सतह भन्दा ३ अंगुल उचो बनाइनु पर्दछ । तीन चुला किरातीहरुको पबित्र स्थान हो । त्यस स्थानमा पितृ तथा अन्य संसकारहरु गर्दा आगो बालिन्छ । नियमित खाना तथा चीजहरु पनि पकाउन सकिन्छ तर बाख्राको मासु तथा अन्य असुद्ध पदार्थहरु यो चुलामा पकाउन बर्जित छ । त्यसैले पनि दैनन्दिनको भोजन तयार गर्न अर्को छुट्टै अगेना बनाउने चलन छ । यस तीन चुला सहितको अगेनालाई चैं साँस्कृतिक अबसरमा मात्र चलाउने पनि चलन छ । यस अगेनालाई कुल भित्र बाहेकका अन्य मानिसहरुले छुन नहुने मान्यता छ । छुएको खण्डमा चुला बिटुलो हुने छुने ब्याक्ति तथा घरको सदस्यलाई किराती कुल लागी बिरामी हुने भनिन्छ । यस स्थानलाई संधै चोखो नितो गरी राख्नु पर्दछ । फोहोर पदार्थहरु पर्न दिनु हुन्न । यस तीन चुलालाई कहिल्यै पनि खुट्टाले छुनु तथा नाघ्नु हुँदैन । त्यसैले पनि कसै कसैले यस साँस्कृतिक चुलालाई कुनै चोखो बस्तुले छोपेर राख्ने अथबा चुला ढुंगाहरुलाई नगाढि निदालमा राख्ने, पितृ कार्य या अन्य कार्य गर्दामात्र अगेना निर्माण गर्ने गरको पनि पाइन्छ । यसरी तीन चुला किरातीहरुको महत्वपुर्ण तिर्थ धाम हो । तीन चुला किराती पुर्खाहरुको प्रतिक भएको र यसमा पितृ पुर्खाहरुको शक्ति आगोको रुपमा संकेन्द्रित भएको कुराको ठुलो साँस्कृतिक महत्व छ भलै आजको युगमा चुला नै शक्तिको स्रोत नामनिएला । किरातीहरुले आगोको आबिश्कार गरे पछि नै आगोलाई शक्तिको स्रोत मानेका हुन् भने तीनचुला चै पितृ पुर्खाहरु हुन् । किरातीहरुले पितृ पुर्खाहरुलाई पनि शक्तिको स्रोत मान्ने हुनाले तीन प्रकारका पुर्खाहरु प्तिकात्मक रुपमा तीन चुलाको शक्तिको समष्टिलाई आगोको रुपमा शक्ति मानेका हुन् । शिकारी युगका किरातहिरुको जीबनमा आगोको आबिश्कारले ठुलो आर्थ सामाजिक महत्व राखेको थियो । काँचै खाने शिकारलाई पोलेर खान थाले, जंगली हिंश्रक जनावारहरुलाई आगोको मद्दतबाट पर भगाउन थाले र जाडो मौसममा आगोको राप लिन थाले । कालजन्तरमा आगोको सहायताले माटोको भाँठाहरुको साथै धातुहरु पगाली हात हतियार र घरायसी सामानहरु बनाउन थाले । पछि कृषि युगमा त्यहि आगोको निम्ति ३ चुलाको अगेना बनाई खाना तयार गर्ने प्रणलीको बिकास किरतीहरुले गरे । यसले प्राचीन किराती जीबन पद्दति र उन्नतीमा आकास जमीनको फरक पर्न गायो । त्यसैले नै किरातीहरुले आगो र अगेनालाई शक्तिको स्रोतको रुपमा मान्न थाले । अतः किरातहिरुको इतिहासलाई र बिकासलाई उजागार गर्ने आगो, चुला र पितृ पुजालाई महत्वको साथ जार िराख्नु पर्दछ । ती कर्महरुमा पितृ, आगो र तीन चुला अनि किराती जीबनको अन्तरसम्बन्ध बारेमा आम किरातीहरुलाई रिसियाहरु बनाई प्रष्ट्याउनु पर्दछ । स्रोत ः बिनिता खम्बु राई, फेसबुकबाट साभार
Three stoves
Everst News
Three stoves have great importance in Kirati society.Even though there are different Kirati beliefs about the three stoves, the main type is the following.1) Papalung: The symbol of the male fathers of the family2) Mamalung: The symbol of the women and fathers of the family3) Ramilung: It is considered to be the symbol of the neighbors and relatives.When returning to Papalung to the service place, the left side will be installed in front of Agena. It represents the male fathers of the clan who went to the father of Kirati etc. Paruhang and the good die.Mamalung will be installed on the right side in front of Agena. This represents the female fathers of the family who went to the father of Kirati Adi Mata Sumnima and the good marau.Ramilung is installed in the middle of the back side of the agena. This represents the neighbors, relatives and fathers of the country and abroad. This is also considered as the formula of relationship between Papalung and Mamalung. This stove is believed to save from accidents, bad events and bad effects from the spiritual world. It is believed that the fathers who died badly don’t go to the father’s stove. In this way, the ancestral souls represented by the three stoves are called for udhauli and udhauli karma and other festivals. These ancestral souls are called to get power, wealth, wisdom, conscience, happiness and peace.These three stove stones are installed as an equivalent triangle. These three stoves are made to surround the square, flat stone square. It is believed that the power of all ancestral spirits is concentrated as fire at the center of these three stove stones.Kiratis install three stoves as shown in the picture. One hand is equal to 45 cm, one bit is equal to 20 cm and one finger is equal to 1.6667 cm. 12 fingers are equal to 1 bits and 2.25 bits are equal to one hand. This is the original measuring method of groceries. In ancient times when measuring lace was not developed, Kiratis used to make their own hands a means of measurement. Even today, engineers are using this measurement method. The stove stone is approximately 2 toes high, 1 toes wide and 6 toes thick. One of those 10 fingers should be built in the front. The length of the side of the stove stone triangle is 2 The clear distance between the stove and stones should be kept 1 toes 3 toes. Agena’s square side inner size 1 hands 4 toes. If the chapto stone which is made of agena’s square is 8 fingers, the thickness is 4 toes. Length is according to the requirement. Two or more stones can be attached if the whole long style is not found. Eight fingers should be built in the agena to make a square bit. When making agena, the surface of the digger should be taken 9 toes down from the floor surface with soil. To prevent water and garbage, the bit of Agena should be made 3 toes taller than the floor surface.Three stoves are the sacred place of Kiratis. There is a fire in that place because of the father and other rituals. Regular food and things can also be cooked but goat meat and other impurities are prohibited from cooking in this stove. That’s why there’s a trend of making a different agena to prepare a daily meal. There is also a trend to run Agena with these three stoves only on cultural occasion. This agena is believed to be touched by other people other than within the total. The person who touches the stove and the family members are called to be sick due to the Kirati clan. This place should always be kept pure. Don’t let the garbage fall. These three stoves should never be touched and touched by the feet. That’s why some people have to cover this cultural stove with some pure objects or keep the stove stones in the forehead, only after doing the fatherly work or other work.This is the important pilgrimage of three chula kirati. There is a great cultural importance that the three chula kirati is a symbol of ancestors and the power of the ancestors is concentrated as fire. In today’s era, the stove is not the source of power. If the Kiratis believe fire is the source of power after the invention of fire, then the three chula is the ancestors. As Kiratis consider ancestors a source of power, three types of ancestors have indicated the three-stove power as fire. The discovery of fire in the life of the Kiratahiru of the Hunter era had a great meaning of social importance. Glass-eating prey started to be burnt, wild violent animals were chased away with fire and fired in winter. With the help of fire in Kaljantar, the metals along with the clay vessels have started making crazy hands, weapons and household items. Later in the agricultural era, the development of the system of preparing food by making 3 stoves of agena for that fire. It made the difference between ancient Kirati lifestyle and progress in sky and land. That’s why Kiratis started considering fire and agena as a source of power. Hence, the fire, stove and Pitri Puja that exposes the history of Kiratahiru and development should be kept with importance. In those actions, common people should be made angry and clarified about the difference between father, fire and three stoves and kirati life.(Main source: Binita Khambu Rai)
Leave a Reply