सामाजिक सञ्जालको उच्च प्रयोगले युवामा निराशा बढ्दै

एजेन्सी, काठमाडौं । सामाजिक सञ्जालको अत्याधिक प्रयोगले किशोरावस्थाका व्यक्तिहरुको मानसिक स्वस्थ्यमा क्षति पुगेको एक अध्ययनले देखाएको छ । एजुकेसन पोलिसी इन्स्टिच्युट तथा द प्रिन्स ट्रस्टले संयुक्त रुपमा गरेको अध्ययनमा सामाजिक सञ्जालको अत्याधिक प्रयोगले किशोर तथा किशोरीहरुको मानसिक स्वास्थ्य (वेलबिङ) र आत्मविश्वासमा ह्रास ल्याउने देखिएको हो । 

अध्ययन इङल्याण्डस्थित मिलेनियम कोहोर्ट स्टडीका पाँच हजार किशोरावस्थाका विद्यार्थीमाथि गरिएको थियो । अध्ययनमा सामाजिक सञ्जालको प्रयोगकै कारण किशोरीहरुले डिप्रेसन तथा निराशाको सामना गर्नु परेको पाइएको छ । 

सामाजिक सञ्जालको बढी प्रयोगले १४ वर्षको उमेरपछि बालबालिकाको कल्याणमा असर पर्न थाल्दछ । उनीहरुको मानसिक अवस्थामा भने झन् धेरै क्षति पुग्ने अध्ययन प्रतिवेदनको निश्कर्ष छ ।

प्रतिवेदन अनुसार १४ वर्षको उमेरपछि किशोरीहरुमा आफ्नो शारीरिक सौन्दर्यतालाई लिएर नैराश्य पैदा हुन थाल्छ । किशोरावस्थामा पुगेपछि सामाजिक सञ्जालका कारण मानसिक स्वास्थ्य र आत्मविश्वासमा ह्रास आउने अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

त्यसमाथि सामाजिक सञ्जालमा देखिने रङ्गिन पोस्ट तथा जीवनशैलीले यस्ता युवाहरुको आत्मविश्वासलाई अझ धेरै कमजोर बनाउँछ । कोरोना महामारीका कारण भएको लकडाउनताका यो समस्या थप बिकराल बनेको थियो ।

पारिवारिक आय, शारीरिक व्यायमको कमी तथा कमजोर स्वास्थ्यले मानसिक स्वास्थ्यमा अझ धेरै प्रभाव पार्ने गर्दछ । यस्तो बेला शारीरिक व्यायमले किशोर किशोरी दुवैको स्वास्थ्यमा सकरात्मक प्रभाव पार्ने रिपोर्टमा उल्लेख छ ।

About Everest News 782 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*