शक्ति

काग एकमात्र एउटा यस्तो पन्छि हो, जसले चीललाई आफ्नो अधिनमा राख्न खोज्दछ। चीलको पछाडि बसेर घाँटीमा टोक्के कोसिस गर्दछ। जे भए पनि चीलले कागप्रति कुनै वास्त गर्दैन। कागसँग लडाइँ गरेर चीलले आफ्नो समय र बल खर्च गर्दैन र खेर फाल्दैन। तर आफ्नो पखेटा फिँजाउँदै माथि माथि आकशतर्फ उड्न थाल्दछ।

चील एकमात्र यस्तो पन्छि हो जो सबैभन्दा धेरै उचाइमा उड्ने गर्दछ। जति चील माथि माथि धेरै उचाइमा पुग्दछ। तब कागलाई श्वासप्रश्वास प्रक्रियामा असहज हुनजान्छ। अखिरमा अक्सिजनको कमिले गर्दा काग तल खस्दछ।

तपाईंले पनि सबै किसिमको युद्ध र आलोचनाहरु माथि बदला लिनु, त्यसमा वास्था गर्नेुपर्ने र जवाफ दिनुपर्ने आवश्यक छैन।

त्यसैले आज उचित मार्गमा हिड्नलाई बाधा ल्याउने सबै मानिसहरु काग जस्तै हुन्, जसले हामीलाई अधीनमा राख्नको निम्ति धेरै बाधा ल्याउन खोज्दछ। तपाईं चील जस्तै हुनुहोस्।

यसैले गर्दा त्यस्ता कागहरु सँग तपाईंको समयलाई बर्बाद गर्न रोक्नुहोस्। केबल तपाईं उनिहरुलाई तपाईंको मार्गको उचाइमा पुर्‍याउनुहोस्, र तिनीहरु अोइलाउनेछन् र हार्नेछन्। शत्रुहरुले चाहे तपाको पछाडि बसेर धेरै समस्याहरु उब्जाउँलान्।

तर यादगर्नुहोस्, दौड केवल द्रुतको लागि होइन, न त बल लडाइँको लागि मात्रै, न त रोटी ज्ञनि मानिसहरुको लागि, न त सिप धनी मानिसहरुको लागि, तर समय, मौका र अवसर यी हरेकको जीवनमा सबैलाई आउँदछ।

तपाइ सधै मानव, सृष्टि, प्रकृति र जगतको पक्षमा उभिनुहोस, आत्माको शक्तिले तपाईं आफै धेरै माथि माथि उचाइमा पुग्नुहोस्।

About Everest News 761 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*