भक्तपुर, १५ भदौ – राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले गत वैशाख १० देखि २२ गतेसम्म सञ्चालन गरेको कक्षा १२ को परीक्षामा नियमिततर्फ ४२ दशमलव ३३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।
बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले परीक्षामा कूल एक लाख ९३ हजार १२५ परीक्षार्थी सहभागी भएकामा ८१ हजार ७५८ उत्तीर्ण भएको र ७७ जना निष्काशनमा परेको जानकारी दिए | यसैगरी आंशिकतर्फ एक लाख सात हजार ५६९ परीक्षार्थी सहभागी भएकामा ३८ हजार ४४४ अर्थात् ३५ दशमलव ७८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।
परीक्षामा ३८ परीक्षार्थी निष्काशनमा परेको उनले जानकारी दिए । यसअघि कक्षा १२ को विज्ञान संकायको परीक्षाफल भने गत साउन २० गते सार्वजनिक भएको थियो । रा परीक्षा नियन्त्रण कार्यालयले नेपाल टेलिकका प्रयोगकर्ताले १६०१ मा फोन गरेर नतिजा हेर्न सक्ने व्यवस्था गरेको छ । यस्तै http://www.neb.gov.np/ वा https://www.ntc.net.np/ बाट पनि नतिजा हेर्न सकिनेछ । लोकान्तरबाट
Leave a Reply