हृदयघातले दाहालको निधन

संवाददाता,

फाल्गुन ७, काठमाण्डौँ । नेपाली कंग्रेसका प्रभावशाली नेता तथा महासचिव सदस्य मित्रसेन दाहालको हृदयघातको कारण मुत्यू भएको छ । हृदयघात भएपछि उपचारको क्रममा चाबहील स्थित ओम अस्पतालमा बिहान १० बजे निधन भएको परिवारजनले बताए ।

सभापति देउवाले शोक विज्ञप्तिमार्फत स्व दाहालले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गर्नुभएको भूमिकाको स्मरण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

त्यस्तैगरि नेपाली कांग्रेस, जिल्ला कार्यसमिति ओखलढुङ्गाका सभापति प्रदिप सुनुवारले पनि मृत आत्मको चिर शान्तिको कामना गर्दै नेपाली कांग्रेसले मात्र नभइ ओखलढुङ्गा जिल्लाले अत्यन्तै प्रभावशाली, सालीन तथा बौद्धिक व्याक्तित्व गुमाएको बताउनु भयो ।

विसं २०१९ मङ्सिर ४ गते ओखलढुङ्गाको बरुणेश्वर–४ मा जन्मनुभएका दाहाल विसं २०७४ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा कांग्रेसको तर्फबाट उम्मेदवार हुनुहुन्थ्यो । स्व दाहालले कांग्रेसद्वारा सञ्चालित विसं २०४२ को सत्याग्रह र लोकतान्त्रिक आन्दोलनका क्रममा पटक–पटक गरी डेढ वर्ष जेल जीवनसमेत व्यतीत गर्नुभएको पार्टी कार्यालयले जनाएको छ ।

स्व दाहाल राजनीतिक क्षेत्रका साथै लामो समयदेखि दर्जनौँ सरकारी तथा गैरसरकारी, व्यावसायिक, सामाजिक, शैक्षिक र विविध सङ्घसंस्थामा संलग्न रहँदै आउनुभएको थियो । दाहालले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । दाहालको श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ ।

उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने कार्यक्रम रहेको पार्टी कार्यालयले जनाएको छ ।

About Everest News 760 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*