चर्चमा राखिएको पवित्र बाकस लुटिनबाट जोगाउन खोज्दा ८ सयभन्दा बढी श्रद्धालुको मृत्यु

एजेन्सी । चर्चमा राखिएको पवित्र बाकस जोगाउने क्रममा ८ सय भन्दा धेरै श्रद्धालुले ज्यान गुमाएका छन् । ‘आर्क अफ द कन्भिनेन्ट’ भनिने यो पवित्र बाकस सरकारी सुरक्षाबलले कब्जा गर्न खोजेपछि त्यसलाई जोगाउन हजारौं क्रिस्चियन श्रद्धालुहरु अगाडि आएको र दुई पक्षबीच भएको झडपमा ८ सयभन्दा बढी इथियोपियाली नागरिकले ज्यान गुमाएको टाइम्स म्यागजिनले जनाएको छ । आर्कलाई सरकारी सुरक्षाबलले नियन्त्रणमा लिन लागेको थाहा पाएपछि श्रद्धालुहरु चर्चको रक्षा गर्न ओइरिएका थिए र त्यहाँ विद्रोही स्थानीय र सैनिकहरुबीच भिडन्त भएको थियो ।

पूर्वी अफ्रिकी देश इथियोपियाका क्रिस्चियनहरुले त्यो आर्क चर्च अफ सेन्ट मेरीका कडा सुरक्षाका साथ राखिएको दावी गर्छन् । यो चर्च इथियोपियाको टिग्रे प्रान्तमा रहेको देशकै सबैभन्दा पवित्र मानिने शहर अक्सुमको जिलोनमा छ । गएको नोभेम्बरमा भएको यो नरसंहारमा ८ सयभन्दा धेरै मानिसहरु मारिएको विश्वास गरिएको छ । अहिले इथियोपियाका प्रधानमन्त्री अबि अहमतले यो शहरमा इन्टरनेट र मोबाइल नेटवर्क बन्द गरी बाहिरी मानिसहरुलाई यहाँ प्रवेशमा प्रतिबन्ध लगाएपछि मात्रै यो रक्तपातको खबर बाहिरिएको हो ।

प्रधानमन्त्रीले यो क्षेत्रको नेतृत्वविरुद्ध यहाँ देशको सेना परिचालन गरेका छन् । स्थानीय विश्वविद्यालयका लेक्चरर गेटु मागले त्यो घटनाको स्मरण गर्दै टाइम्ससँग भने ‘जब मानिसहरुले त्यहाँ गोलीबारी भएको सुने त्यसपछि उनीहरु चर्चमा आर्कको रक्षा गरिरहेका पादरी र अन्यलाई सहयोग गर्न दौडिए । उनहिरुमध्ये कैयौं अर्क जोगाउने क्रममा मारिए ।’ अक्सुममा बस्ने एक चर्चका सेवकले आफूले त्यहाँ शव गन्न, उनीहरुको पहिचान गर्न र उनीहरुलाई सामूहिक चिहानमा गाड्न कसरी सहयोग गरे भन्ने बताएका छन् ।

उनका अनुसार ८ सयभन्दा धेरै मानिसहरु चर्च आसपासको क्षेत्रमा सरकार समर्थित बलबाट मारिएका थिए । कैयौं दिनसम्म शवहरु त्यत्तिकै सडकमा सडिरहेका थिए । गेटुका अनुसार नोभेम्बरमा भएको द्वन्द्वपछि सैनिकहरुले त्यहाँका पुरातात्विक वस्तुहरु नष्ट गरेको र चोरेको रिपोर्ट आउँदै गर्दा अर्का अर्को सहरमा लगिने वा सदाको लागि गायब पारिने त्रास बढेको बताएका छन् । ‘त्यहाँ कुनै दया देखाइएन । उनीहरुले तपाइँ जवान, वृद्ध जे भए पनि मतलब गरेनन् । उनीहरुले मानिसहरुलाई मारे र उनीहरुले जे सक्छन् त्यो लिए । त्यहाँ थुप्रै लाशहरु थिए ।’

About Everest News 761 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*