खर्च र रगतको अभावमा छट्पडिदै रश्मी राई

एभरेष्ट संवाददाता

चैत्र-९, काठमाण्डौँ ।

कटमा डुबेर गम्भिर घाइते ३ वर्षीय नाबालिका रश्मी राई रगत र आर्थिक अभावको कारण कान्तिबाल अस्पताल, चक्रपथ, काठमाण्डौँको संघन कक्षामा छट्पटाइरहेको छ ।

ए पोजिटिभ (A+) रक्त समुहको रश्मी राईको स्वस्थ्यमा तिब्र सुधार आउन ताजा रगत (Fresh Blood) फ्रेस रगत अर्थात स्वस्थ्य व्यक्तिबाट सिधै ताजा रगत दिँदा मात्रै तिब्र रुपमा स्वस्थ्य सुधार हुने उपचारमा संलग्न डा. मधुसुदन पुनले बताए ।

आफन्तजन लगायत सञ्चार माध्यमबाट सम्पर्क गर्दा समेत रगतदाता पाउन नसकेको मलिन स्वरमा नाबलिकाका बुबा रामकृष्ण राइले बताए ।

रगत र खर्चको अभावको कारण आफ्नो नाबालिका छोरीको राम्रो उपचार गर्न नसकेकाले आफ्नो छोरीलाई बचाइदिन आग्रह समेत गरे ।

मानेभञ्ज्याङ गाउ पालिका २, वाक्सा, होल्माफूका ३ वर्षीय नाबालिका रश्मी राई गत सोमबार तातो कट(रक्सि पकाएर रहेको जांडको छोक्रा)मा डुबेरे गम्भिर घाइते भएको थियो ।

घरमा ठूलो मान्छे बाहिर गएको बेला अचनाक कटमा परेपछि सक्त घाइते भएको नाबालिकाको बुबा रामकृष्ण राईले बताए ।


गम्भिर घाइते नाबालिकालाई उपचारको लागि तत्कालै ओखलढुङ्गा समुदायिक अस्पताल सोब्रुमा भर्ना गरिए पनि त्यहा उपचार हुन नसकेपछि थप उपचारको लागि कान्तिबाल अस्पताल, चक्रपथ काठमाण्डौमा उपचार भइरहेको छ ।


गम्भिर घाइते नाबालिकालाई पुरै शरिर कटन बेन्डिङ (पातलो कपडाले बेर्ने काम) गरेको र पटक–पटक स्कीन सर्जरी (शरिरको छाला क्षेत्रको चिरफार) गर्नुपर्ने भएकोले लगभग ३ महिना अबधी लाग्ने उपचारमा संलग्न चिकित्सक डा.मधुसुदन पुनले बताए ।

रगत तथा आर्थिक सहयोगको लागि सम्पर्क:
बुबा रामकृष्ण राई ९८१५ ७९०४११ काका घमन राई ९८०३८ ३३४१७

एभरेष्ट मिडियाबाट उत्पादित समाचार तथा भिडयोह लिंक . . .

About Everest News 782 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*