एभरेष्ट न्यूज
चैत्र १६, काठमाण्डौँ । तातो कटमा डुबेर सक्ता घाइते भएको रश्मी राईको उपचारको क्रममा मृत्यू हुने वित्तिकै कसैको सहयोग नलिने मृतक रश्मी राईको बुबा रामकृष्ण राईले घोषणा गरेकाछन ।
उपचारबाट सुधारको क्रममा रहेको मृतक राईको गत शनिबार विहान १० बजे एक्कासी श्वास -प्रश्वासमा समस्य आएपछि तत्कालै भेन्टिलेटरमा राख्ने सल्लाह भएपनि दिउसो ४ बजेसम्म पनि अस्पतालले भेन्टिलेटरमा नराखी दिँदा विमारीको मृत्यू हुन पुगेकोले एकातर्फ छोरीको मृत्यूको पिडा अर्कोतर्फ अस्पतालको लापरबाहीको पिडाको मारमा परेको बेला छोरीको नाममा उठेको रकम सहयोगीदाताहरूले लिनै पर्ने बाध्यमक परिस्थि सृजना गरेपछि छोरी नै नरहेपछि मैले के को लागि सहयोग रकम लिने भन्दै भाकानिएको थिए ।
मृतक रश्मीको बुबा रामकृष्णले भाकनिदै भने
‘मेरो छोरी नबाँचेपछि मैले सहयोग रकम किन लिने । म कसैको लिन्न’ ।
सहयोगदाताहरूले संकलन गरिसकेको रकम फिर्ता लैजान पनि गाह्रो हुने र मृतक परिवारले पनि नलिने बताएपछि दुबैविचको सहजताको लागि लिब्जु होल्माफु युवा क्लबको संयोजनमा मृतकको उपचार खर्च तथा काजकिरिया खर्चबाट रकम बचेमा मृतकको बुबा रामकृष्ण राईकै नेतृत्वमा “रश्मी राई कोष” मार्फत भैपरिआउनेलाई सहयोग गर्दा रश्मी राईको आत्मले शान्ति पाउने समझदारीले संस्थाका सकृय सदस्य तथा मुतकका काका अमीत राई मार्फत सहयोगीदाताहरूको रकम लिइएको हो ।
विमारीको अबस्था जटिल बन्दै गएपछि नै पटक–पटक विहोस भएका रामकृष्णलाई सहयोग दाताहरूको आग्रहले थप पिडामा पारेपछि क्लबले व्यवस्थापन गरेको हो ।
केही दिनदेखि नै रकमको अभाव भएपछि क्लबको कोषबाट रु १५ हजार रकम कोषध्यक्ष बडाजीत राई र सचिव रामकुमार राईले निकासा गरि उक्त रकममा अध्यक्ष चन्द्र वाम्बुलेले थप १० हजार गरि तत्कालै २५ हजार रकम जुटाइ अन्य सदस्यहरूसंग समेत संकलन गर्दै उपचारको गर्जो टार्दै गएका थिए । क्लबमा रहेका कार्यसमितिका पदाधिकारीहरूले सबैले सकेसम्म १० हजारको अनुपातमा सहयोग गर्नुपर्ने अपिल समेत आर्थिक संयोजक रुद्र राईले गर्नु भएको थियो ।
छोरीको मृत्यूपपछि कसैको सहयोग नलिने घोषण गरेका रामकृष्णले उठेको रकम लिनैपर्छ भन्ने प्रतिकृया आएको छ भन्ने जिज्ञासामा ‘मैले सहयोग उपचारको लागि लिएको हो छोरी नै नरहेपछि मरेको छोरीको नाममा पैसा उठाएर म खान्न, छोरीको नाममा कोष खडा हुने गरि दिनेले मात्रै रकम दिनू’ भनि भावविह्वलपूर्वक व्यक्त गरेकाछन ।
समाचार सम्प्रेषण पश्चात मात्रै समाजिक सञ्जाल मार्फत सहयोग रकम संकलन हुने क्रममा भएकोले खासै रकम मृतकका बुबा पाएकाछैनन । सहयोग अभियानमा जुटेकाहरू आफुले उठाएको रकमको पारदर्शीताको लागि नाम र रकम सामाजिक सञ्जाल मार्फत पोष्ट गरिएपनि कतिपयको समय अभावको कारण मृतका आफन्तले पाएकाछैनन । अर्कौ तर्फ कतिले एउटै रकम पटक-पटक पोष्ट गर्दा अत्याधिक धेरै रकम संकलन भएको देखिन्छ ।
सामाजिक सञ्जालमा हेर्दा कतिपयको प्रतिकृयाले मान्छेमा भएपरि आउने पिर चिन्ता, शोक लगायतको मानविय संवेदना र भावनाका पक्ष सबै आर्थिक सहयोगले संतुलनमा ल्याउछ भन्ने सोच राख्नु संवेदनाविहीन सोचको परकाष्ट हो ।
तर मान्छेमा हुनु पर्ने सबै भन्दा बलियो पक्ष भनेको आत्म शान्ति हो । यदि आत्म शान्ति र मानसिक अबस्था अबस्था ठिक छ भने उसले अरु आबश्यक भौतिक तथा मानसिक उल्झनहरूलाई आफैले व्यवस्थापन गर्न सक्छ । तर मानसिक अबस्था नै दुर्बल भयो भने जति आर्थिकले समाधान गर्न खोजे पनि सम्भव छैन।
Leave a Reply