मृतक रश्मी राईको परिवारलाई दक्षिण कोरियाको सहयोग ।

एभरेष्ट संवाददाता


चैत्र २२, काठमाण्डौँ ।

गत चैत्र २ गते मानेभञ्ज्याङ गाउ पालिका वडा नं २ वाक्सामा तातो कटमा परि सक्त घाइते भएको रश्मी राईको परिवारलाई दक्षिण कोरिएबाट भारि सहयोग आएको छ ।

ओखलढुङ्गा सेवा समाज कोरियाको अध्यक्ष फडिन्द्र अधिकारीको सकृयतामा संकलन भएको रु ६८ हजार ५ सय रकम हस्तान्तरण गरिएको संस्थाका पुर्व उपाध्यक्ष तथा सल्लाहकार पचुराम राईले बताउनु भयो ।

सामाजिक अगुवाइ शेरबहादुर अधिकारी, रेन्ज राई, जितेन राई लगायतको उपस्थितिमा मृतकको बुबा रामकृष्ण राई तथा मृतकका ममली हजुर-आमा दिलकुमारी राई र हजुर-बुबा झगरे राईलाई जनकल्याण विद्यालय सल्ले, उबूको प्रागनमा रकम हस्तान्तरण गरिएको हो ।

रश्मी राई बचाउ अभियानको लागि सबै भन्दा बढि रकम फडिन्द्र अधिकारीको सकृयतामा ओखलढुङ्गा सेवा समाज दक्षिण कोरियाले संकलन गरेको छ । एमवी थुलुङ र नरेश राईको सहकार्यमा २ हप्ते अभियान संचालन गरिने भर्चुवल मिटिङ (अनलाईन बैठक) मार्फत संस्थागत निर्णय गरिएता पनि अचानक विमारीको मृत्यू भएकोले २ दिनभित्र संकलन भएको रकम मात्रै पठाइएको अध्यक्ष अधिकारीले बताउनु भयो ।

ओखलढुङ्गा सेवा समाज कोरियाको अध्यक्ष फडिन्द्र अधिकारी

नेपालमा भने ठुलो रकम संकलनको रुपमा लेखराज राई मार्फत रु ४३ हजार र विकास राई मार्फत रु ३५ हजार भन्दाबढि रकम संकलन भएको थियो । यसैगरि बारही सहकारी संस्था लिमिटेड मार्फत ऋण अधिकृत बडाजित राईले उल्लेख्य रकम संकलन गरि हस्तान्तरण गरकोे थियो ।

खासगरि माने भञ्ज्याङ गाउपालिकाका वडा नं ३ र २ बाट भने घर बस्ती–बस्तीदेखि शहर र परदेशसम्म पनि सकृयतापूर्वक रकम संकलन भएको थियो ।

लामो समयदेखि रोजगारीको क्रममा दक्षिण कोरियामा रहदै आएको अधिकारीले आफ्नो जन्मभूमि ओखलढुङ्गालाई समाज सेवा मार्फत धेरै गुण लगाएको छ ।

अधिकारीको सकृयतामा वाक्सा चिचिङ्गाको क्यान्सर पिडित शुभधन राईलाई रु २ लाख २३ हजार, महाभुकम्पा राहत उबूको १ सय ४० घर संख्यलाई राहत रु १ लाख २८ हजार, श्री राज्य लक्ष्मी माद्यमिक विद्यालय उबूमा १२ कक्षा संचालनको लागि रु ३ लाख, मष्तिष्कघातबाट शक्त घाइते उबू निवासी प्रभात राई (भ्रान्टे) रु १ लाख ३९ हजार , अग्निपिडित उबू सल्ले निवासी भुमीराज राईलाई रु १ लाख २८ हजार, मष्तिष्क सल्याक्रिया उपचारको लागि उबू निबासी चन्द्र माया भूजेल रु १ लाख २५ हजार १ सय यसैगरि मानेभञ्ज्याङ गाउपालिकाको लागि एम्बुलेन्स खरिदको लागि रु १० लाख ५० हजार लगायत अनिगिन्ती सेवामा समर्पित अधिकारी सन २००८ बाट दक्षिण कोरियामा बस्दैआएको हो ।

अग्निपिडित भुमे राईलाई सहयोग रकम अस्तान्तरण गरिदै ।
प्रभात राई (भ्रान्टे)
ओखलढुङ्गा सेवा समाज दक्षिण कोरियाको अध्यक्ष फडिन्द्र अधिकारीका बुबा श्री शेरबहादर अधिकारी मष्तिष्क रोगी चन्द्र माया भुजेलका आफन्तलाई रकम हस्तान्तरण गर्दै


एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार तथा भिडियो सामाग्रीहरू लिंक . . .
About Everest News 761 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*