नायिका स्वेता भट्टराईको श्रीमान मिलन सापकोटाको कोरोनाका कारण निधन

एभरेष्ट न्यूज

बैशाख २९, काठमाण्डौँ । चलचित्र ‘रिदम, ब्ल्याकमेल, प्रोड्यूसर’ लगायतका चलचित्रमा मुख्य भूमिकामा काम गरेकी नायिका स्वेता भट्टराईको श्रीमान मिलन सापकोटाको कोरोनाका कारण निधन भएको छ ।
उनको उपचारका क्रममा मंगलबार काठमाडौंको एक अस्पतालमा निधन भएको हो ।

उनलाई केही दिन अगाडि कोरोना संक्रमण पुष्टी भएको छ । शरीरमा अक्सिजनको तह कम भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

मिलन र स्वेताले ७ बर्ष अगाडि लभ म्यारिज गरेका थिए । उनीहरुको एक सन्तान पनि छ । चलचित्रमा काम गर्दागर्दै बैबाहिक जीवनमा बाँधिएपछि स्वेता चलचित्र क्षेत्रबाट टाढा भएकी थिइन् । अनलाइन खबरबाट

About Everest News 782 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*