एभेष्ट न्यूज
बैशाख ३१, काठमाण्डौँ । प्रतिनिधि सभामा २०७८ बैशाख २७ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले पेस गरेको विश्वासको मत अस्वीकृति भएसंगै गुमेको प्रधानमन्त्री पद पुन व्यूँतिएको छ ।
प्रधानमन्त्री ओली पदमुक्त भए लगतै बैशाख ३० गते विहीबार राती ९ः०० बजेसम्म प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा वढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि सम्माननीय राष्ट्रपतिज्यू समक्ष आफ्नो दावी पेश गर्न राष्ट्रपति कार्यलयद्धारा आह्वान गरि पनि सो अवधिमा कुनै पनि दलले प्रधानमन्त्री पद दावी नभएकोले पुन केपी शर्मा ओलीलाई नै प्रधानमन्त्री पदमा नियुक्त गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
Leave a Reply