हिसाबमा अब्बल चौधरी, रुवाए चेलालाई धरधरी !!!

एभरेष्ट न्युज

जेठ १३, काठमाण्डौँ । सोभित अर्थाथ सोभाले पूर्ण । हजारौ नवजवानहरूको सारथी र अगुवाइ । हजारौ अशिक्षितहरूलाई ज्ञानको दिव्यज्याति देखाइ दुःख र कष्टकर जीवनबाट मुक्तमार्ग पहिल्याउन अब्बल भूमिको निर्वाह गर्ने लोकप्रिय मात्रै होइन सबैको प्रिय नाम हो यो सोभित। अर्थात सोभितलाल चौधरी ।

 

 

स्वर्गीय शोभितलाल चौधरी

श्री राज्य लक्ष्मी उच्च माध्यमिक विद्यालय उबू, ओखलढुङ्गाको विद्यार्थीहरूको लागि यो संज्ञा कुनै नौलो होइन, चिरपरिचित अनि सबैको ढड्कन जातिकै अतिप्रिय पात्र हुन सोभित ।

कललाउदो उमेरकै शिक्षण पेशामा लागे । हजारौँ विद्यार्थीको भविश्य कोरिदिए । युरोपदेखि अमेरीकासम्म भारतदेखि खाडीसम्म ।

खेती किसानदेखि इन्जिनियर, अधिकृतसम्म उनले उत्पादन गरेको विद्यार्थाहरूछन । सरल स्वभाव, मिजासलिोपन अनि सबैसंगको मिलनसार बानीले विद्यार्थी तथा सहकर्मी शिक्षक वर्गको समेत लोप्रिय दरिए सोभितलाल चौधरी ।

 श्री राज्य लक्ष्मी उच्च मा.वि. उबू , ओखलढुङ्गा ।

विश्व महामारी कोरोनाको तस्रो भेरियन्टले ५२ वर्षिया चौधरीको अल्पायुमै भएको असमायिक निधनले शब्द विहिन, दिशा विहिन, दिन विहिन अनि रातविहनिछन ती अभिभावक गुमाएको अनाथहरू । न रुन सके, न बोल्न । न उभिन सके, न डुल्न ।

“संसारले आफ्नो गति विर्सेको छ ।       

पुथ्वी घुम्न छोडेको छ ।

घाम जुन उदाउन र अस्ताउन छोडेको छ । 

तारा चम्किन छोडेको छ ।

अनि नदि बग्न छोडेको छ ।         

  हावा चल्न छोडेको छ ।”

समय आफ्नै नियमित गतिमा चलेपनि लाग्छ यी अनाथहरूलाई, संसारले आफ्नो गति विर्सेको छ । पुथ्वी घुम्न छोडेको छ । घाम जुन उदाउन र अस्ताउन छोडेको छ । तारा चम्किन छोडेको छ । अनि नदि बग्न छोडेको छ । हावा चल्न छोडेको छ ।

अनि त सबैको लोप्रिय सोभितलाई केही भएकोछैन । तर सपना र भ्रम सधैभरिको लागि कहिल्यै हुन्न यो त क्षणिक मात्रै हो । सधै रहने त सत्य हो, त्यो सत्य त सबैको प्रिय पात्रको आत्मले संसार छोडी सकेको छ ।

 

 श्री राल मा.वि.उबू । 

हजारौको उज्वल भविश्य र लामो आयुको कामना गर्दै सधै अगाडि बढ्न प्रेरणा र शिक्षा दिने गुरुको अल्पायुमै घटनाले अप्रिय खबरले सबैलाई अन्धारमय बनाएको छ यतिबेला ।

उमेरले भरखर ५२ वर्ष मात्रै टेकेका चौधरी आफू यसरी महामारीले वित्यास पार्छ भन्ने एकमन पनि नसोचोको बताउनु हुन्छ भावह्लिमुद्र मृतकका जुवाइ रुपेश चौधरी ।

एक छोरा एक छोरी सन्तानको बुबा चौधरी रगतका साइनाको सन्तान भन्दा उनेले उत्पादन गरेको दरिर विद्यार्थाीहरूले अनुभूति गरेको आघात रति पनि कम छैन 

रमेशकुमार अधिकारी, प्रधानध्यापक -श्री राज्य लक्ष्मी उच्च माध्यमिक विद्यालय उबू, ओखलढुङ्गा

प्रधानध्यापक रमेश अधिकारी भन्नु हुन्छ ‘यो असामायिक घटना उबू विद्यालयको लागि सबै भन्दा अपुरणीय क्षति हो’ । चौधरीको आगमनपछि मात्रै रालमावि उबूले गणित विषयमा राम्रो फट्को मारेका सबै विद्यार्थी तथा शिक्षकहरूको एउटै आवाज छ ।

आइ इस्सी अध्ययन गरेका चौधरीको करार नियुक्ती निमावि तह मात्रै भएपनि विज्ञान र गणितमा दखल भएकोले मावि तहको शिक्षक अभावको कारण कक्षा १० सम्म नै राम्रोसंग कक्षा संचालन गरेको थियो ।  

केही समय निसंखे मावि तलुवा, ओखलढुङ्गामा अध्ययपन गराएर २०४६ सालमा उबू सरुवा भएको चौधरी जीवनको उर्जाशील समय र मिहीनेत सबै त्यही नै खर्चे ।

उबू जस्तो दुर्गम र कम पहुच भएका माविले चौधरी सर जस्तो योग्य शिक्षक पाउनु सौभाग्य भएको सबैको ठहर छ ।

पहाडी भेगका दुर्गम क्षेत्र र पहुच विहीन विद्यालयहरूले आवश्यक शिक्षक पाउनै मुस्किल हुनथ्यो, पाएका शिक्षक पनि कतिपय विद्यालयबाट उपेक्षित अयोग्य शिक्षक पाउथ्यो ।

दुर्गम र विकट विद्यार्थीहरूको अनन्य सारथि बनेका लोकप्रिय गुरु चौधरीको विश्वमहामारी कोरोनाले ज्यान लिंदा न कसैले केही गर्न पाए न उहाको अन्तिम मधुर आवाज नै सुन्न अबसर पाए ।

“अनगिन्ती विद्यार्थीहरू,       सहकर्मी, परिवारजन,

आफन्त र शुभचिन्तकहरू     भावविह्ल,  मौन,  निस्पट ! ”  

अनगिन्ती विद्यार्थीहरू, सहकर्मी, परिवारजन, आफन्त र शुभचिन्तकहरूले खबर सुन्न साथ मौन भावविह्ल हुने उप्रान्त कसैको केही चलेन । समय साच्चिकै कति बलवन र निदर्य हुनरहेछ । सबैले एकैसाथ र एकैनाश अनुभूति गर्ने दिन आए । निस्पट !  

केही दिनदेखि सामान्य ज्वरो आएको चौधरीलाई केही असहज भएपछि उपचारको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, सुनरी अस्पतालमा पिसीआर परिक्षणमा कोभिड देखिन साथ केही क्षणमा नै (जेठ १२ गते) प्राण गएको चौधरीको जुवाइ रुपेश चौधरीले बताए ।

                                     छोरी/जुवाई : जीवन चौधरी र रुपेश चौधरी

छोरा सुनिल चौधरी सिभिल इन्जीनियर हुन भने छोरी जीवन चौधरी बिबिएस तेस्रो बर्षमा अध्ययनरतछिन ।  

                                                   छोरा सुनिल चौधरी

रगतका नाता भन्दा शिक्षण पेशाबाट धेरै ख्याती र अभिभावको भूमिका निर्वाह गरेका चौधरीलाई पूर्वविद्यार्थीहरूले कसरी सम्झे . . ? . . . 

रुद्र राई, कार्गो व्यवसायी

२०४२ सालमा स्थापित मावि उबूमा २०४६ सालबाट उनको आगमनपछि मात्रै गणित विषयमा अब्बल बनेको उनको पुर्व विद्यार्थीदेखि सहकर्मी शिक्षकहरूको एउटै आवाज  छ ।

    रुद्र राई, कार्गो व्यवसायी

मृतक चौधरीलाई कसरी सम्झनु हुन्छ भन्ने एभरेष्ट टेलिभिजनको जिज्ञासामा पुर्वविद्यार्थी रुद्र राई बताउनु हुन्छ ‘गणित विषयमा उहाँको अब्बल शिक्षण कलाको कारण मावि तहको आइरन गेट मानिएको तत्कालिन प्रवेशीका परिक्षामा (२०४७ सालको एस.एल.सी बोर्डमा) समेत गणित विषयमा ७१ अंक प्राप्त गरि तत्कालिन उबू विद्यालयको गणित विषयको उच्च अंक प्राप्त गर्ने पहिलो विद्यार्थी हुन पाउने अबसर दातो गुरुको अवसानले आफू मर्माहात भएको बताउनु भयो’ ।

 

विशेषगरी ज्यामितीमा दखल भएको चौधरीका चेला राईले शैक्षक ज्ञान मात्रै होइन आफ्नो जीवनलाई सधै ९० डिग्रीको कोण अर्थात जीवनलाई सधै सफल कोणमा उभ्याउन सफल हुनुभएको छ ।

 

चौधरीकै शैक्षिक योगदानको प्रभावले सामान्य कृषी र लाहुर (ब्रिटिश आर्मी अन्तर्गत भारत, ब्रिटिशमा आर्मी र सिङ्गापुर पुलिस) र छिटपुट शिक्षणमा बाहेक अन्य क्षेत्रमा शुन्य सहभागिता रहेको वाम्बुले समुदायको निमित्त राई व्यापार व्यवसायीमा पहिलो मात्रै होइन कोशेढुङ्गो नै सवित भए ।  

शान्तिकुमारी अधिकारी,  प्रधानध्यापक-श्री पथ प्रदर्शक सेकेन्डरी मावि विद्यालय, ललितपुर

                         शान्तिकुमारी अधिकारी,  प्रधानध्यापक-श्री पथ प्रदर्शक सेकेन्डरी मावि विद्यालय, ललितपुर

एम फिलसम्मको अध्ययन पुरा गरि शिक्षण पेशामा आबद्ध शान्तिकुमारी अधिकारी श्री पथ प्रदर्शक सेकेन्डरी मावि विद्यालय, ललितपुरको प्रधानध्यापक रहेको हुन । अकास्मत आफ्नो गुरुको असामयिक निधनको दुःखत खबरले विह्बल भएको बताए ।

 

अनिवार्य गणित विषयको समेत राम्रो शिक्षक नभएको विद्यालयमा चौधरी सरको प्रवेशपछि ऐच्छिक गणित नै पढ्न पाउदाको अनुभूतिको बयान शब्दमा व्यक्त नै गर्न नसकिने बताए ।

 

तिखवीर राई, अध्यक्ष- शुभलाभ बहुउदेश्य सहकारी लिमिटेड

                 तिखवीर राई, अध्यक्ष- शुभलाभ बहुउदेश्य सहकारी लिमिटेड             

 

आफू कक्षा ९मा अध्ययनरत हुँदा आउनु भएको गुरु चौधरी पठानपाठनमा मात्रै होइन खेलकुदमा समेत दक्ष हुनुहुन्थ्यो । विद्यार्थीलाई साथीको व्यावहार गर्ने चौधरीको डेरा र आफ्नो घर नजिकै भएकोले आवतजावत मात्रै होइन बेलाबखत संगै मादक पदार्थ समेतसंगै सेवन गर्ने सहृदयी गुरुको इहलीला समाप्तिको खबरलेप्रति खेत व्यक्त गरे ।

 

 

नविन कार्की,  इन्जिनियर 

आफुलाई बाटो देखाउने गुरु गुमाउनुको पिडा साह्रै असहाय हुँदोरहेछ’ त्रिभुवान अन्ताराष्ट्रिय विमान स्थलमा कार्यरत इन्जिनियर नविनकार्की बताएले ।

नविन कार्की,  इन्जिनियर 

शिक्षक र विद्यार्थी भन्दापनि सबै विद्यार्थीहरूलाई साथीको व्यवहार गर्ने चौधरीको असामियत निधन विश्वास बताए । इन्जिनियर कार्कीले रालमाविका पूर्वविद्यार्थीहरू मिलेर केही गर्नुपर्ने इच्छा रहेको समेत व्यक्त गरे ।  

 

चन्द्र वाम्बुले, चलचित्र निर्देशक तथा सञ्चारकर्मी

कलाकारिता र पत्रकारिता क्षेत्रमा विगत दुईदशकदेखि काम गर्दै आएको चौधरीको भूतपूर्व विद्यार्थी हुन चन्द्र वाम्बुले ।

कत्थक नृत्यबाट स्नाकोत्तर अध्ययन गरेको वाम्बुले प्रवेशीका परिक्षा उतिर्णपछि उच्च शिक्षाको लागि राजधानी छिरेपछि चलचित्र निर्देशक भइ चलचित्र सुम्निमाको छायांकनको क्रममा थोरैसमय भेट भएको बताए ।

              चन्द्र वाम्बुले, चलचित्र निर्देशक तथा सञ्चारकर्मी     

अति मिलनसार सरसङ्ग दुई वर्ष सङ्गैरहेको समेत वाम्बुलेले बताए । आफ्नो विद्यार्थी चलचित्र निर्देशक पनि हुनसक्छन भन्ने परिकल्पना नै नगरेको र चलचित्र सुम्निमाले सफल पाओस भनि दिएको आर्शिवाद हिजो झै लाग्छ वाम्बुलेले बताए ।

यो दुःख खबरको खेद शब्दमा व्यक्त गर्ने नसकिने वाम्बुलेल बताए । मृतक आत्मको चिर शान्तिको कामनासंगै सोक सन्तव्ध परिवारजनमा धर्यधारण गर्ने शक्ति प्रदानहोस भनि वाम्बुले कामना समेत व्यक्त गरे ।

चलचित्र सुम्निामा नेपाल सरकारको राष्ट्रिय चलचित्र पुरस्कारमा ‘सर्बोत्कृष्ट सास्कृतिक चलचित्र’ जस्तो गरिमामय पुरस्कार विजेता तथा विभिन्न अन्ताष्ट्रिय चलचित्र महोत्सवहरूमा सहभागी हुँदै संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा सम्पन्न नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सवमा समेत सर्बोत्कृष्ट कथा विजेता चलचित्र हो ।

विदेशबाट खेजी राई,   निर्मात्री -चलचित्र सुन्निमा (बेलायत)

खेजी राई,   निर्मात्री -चलचित्र सुन्निमा (बेलायत)

बेलायतमा रहदैआएका चलचित्र सुन्निमाको निर्मात्री खेजी राईले चौधरी सर सधै हँसिलो स्वभाव र सहज पाराले पढाउनु कला भएकोले आखैमा राख्दा नि नबिजाउने खालको गुरुको मृत्यूको खबरले स्तब्ध बनाएको बताए ।

फडिन्द्र अधिकारी (दक्षिण कोरिया)

यस दुःखत घडीमा सबै भन्दा अपुरणीय क्षति त हाम्रो परिवारलाई परेको छ । किनभने उहाको उबू विद्यालयको अगामनसंगै कुशल शिक्षक र राम्रो अभिभावक पायौँ ।

फडिन्द्र अधिकारी (दक्षिण कोरिया)

मेरो प्रवेशीका उतिर्ण लगतै म अध्ययन तथा विविध कारणले म बाहिर रहदा समेत मेरो भाइ कान्छा नवराज अधिकारीलाई सधै म भन्दा राम्रो तबरले पढाइमा मिहिनेतको साथ सिकाउनु साथै भाइसङ्गै हाम्रो घरमा नै बा–ममीसङ्गैरहेर अभिभाकत्वको पनि भुमिका निर्वाह गरेर हाम्रो सफलतामा अतुलनीय योगदान पुराउनु भएको अन्वय व्यक्तिको असमायिक निधनले कति विचलन बनायो भन्ने कुरा कसरी बताउने भन्नु हुन्छ ।  

नवराज अधिकारी,  (फ्लोरिडा, संयूक्त राज्य अमेरिका)

                              नवराज  अधिकारी,  (फ्लोरिडा, संयूक्त राज्य अमेरिका)

हाल युएसमा रहेको नबराज अधिकारीले अफ्नो अभिभावक गुरुको दुःख खबरले आफु स्तब्ध भएको बताए । उबू विद्यालयमा सरुवा भएर आएसङ्गै आफ्नो प्रवेशीका उतिर्णपछि नोकरको लागि भारतीय सेनामा भर्तिभएर जाँदा पनि आमा बुबासङ्गै छोडेको र हालसम्म पनि परदेशमा हुँदा बेलाबखत र नेपाल आउदा सधै भेटघाट हुने गरेको बताए ।

अधिकारी थपे ‘यो सारा मेरो प्रगतिमा हरबखत उहाको योगदान छ । उहासङ्गै बस्नु र पढ्नु पाएकैै कारण मैले शिक्षामा कहिल्यै धोका खानु परेन’ । यस घटनाले विदेशी भूमिमा मर्माहता तुल्याएको मलिन स्वरमा बताए ।

अधिकारी कक्षाका अब्बल विद्यार्थी मात्रै होइन रालमाविबाट पहिलो पटक प्रथम श्रेणीमा प्रवेशिका उतीर्ण गरि ऐतिहासिकता नै कायम गरेका विद्यार्थी हुन । माविलाई तोकिएको वार्षिक प्रवेशीका परिक्षामा उतिर्ण हुनुपर्ने प्रतिशत समेत नपुगी विद्यालय नै निम्न माध्यमिक विद्यालयमा अबोन्नती हुने स्थितिमा चौधरीको साथमा रहेको अधिकारीको व्याचको विद्यार्थीहरूको सफलताले विद्यालयको समेत स्वर्ण युगमा बदलिदियो ।

प्रथम श्रेणीमा नवराज अधिकारी(उबू) र नवीन कार्की (वाक्सा)उतिर्ण गरेको थिए भने द्धितीया श्रेणीमा चन्द्र वाम्बुले (होल्माफू, वाक्सा) चन्द्र कुमार राई (थोप्लोम, उबू) सविता राई, दुर्गा राई, शेरबहादुर राई लगायत उल्लेख्य विद्यार्थीहरूले थिए ।

अनुपातामा हेर्ने हो भने तिनै ब्याचको विद्यार्थीहरू हाल सम्म बढि सकृय पनि छन । प्रथम श्रेणीमा उतीर्ण नवीन कार्की हाल त्रिवुवान विमान स्थलमा इन्जिनियरको रुपमा कार्यरतछन भने अधिकारी संयुक्त राज्यको अमेरिकामाछन ।

                         सविता राई, उपप्रमुख -मानेभञ्ज्याङ गाउपालिका

यसैगरि सविता राई मानेभञ्ज्याङ गाउपालिकाको उपप्रमुख छन भने चन्द्र वाम्बुले चलचित्र निर्देशक तथा एभरेष्ट टेलिभिजनका कार्यकारी निर्देशक समेत छन । गायन पेशामा स्थापति हुदै गएको दुर्गा राज राई भने केही वर्षपहिले दुधकोशीले बगाएर निधन थियो । शेरबहादुर राई भने रालमाविको व्यवस्थापन समिति अध्यक्ष छन ।

पछिल्लो छिमलका मानेभञ्ज्याङ गाउपालिका वडा ३ उबूको वडा अध्यक्ष मेडल राई समेत उनकै विद्यार्थी हुन ।

मेडल राई, वडा अध्यक्ष

यसैगरि टिकाराम राई (वाक्सा, होल्माफू) प्रहरी निरक्षक हुन भने बैकिङ कसुर सम्बन्धी पिएचडी पनि गर्दैहुनु हुन्छ । पत्रकार महांघको उपाध्यक्ष बाला अधिकारी, चतुरलाल राई (रिनुवाल) शिक्षण पेशामा र सिता राई (उबू टारकोम), झरना राई (फकुल) लगाएतका केही पूर्वविद्यार्थीहरू नर्सिङ क्षेत्र छन ।

                              टिकाराम राई प्रहरी निरक्षक तथा पिएचडी पूर्वतयारी

बडाजीत राई (होल्माफू, टिका राई (तारकोम), विकास सौगत रिनुवाल, देश राई (बैदारटोल) लगाएतका विद्यार्थीहरू सहकारी क्षेत्रमा सकृयाछन भने त्यसैगरि ब्रिटिश आर्मीमा रहेका भिमल राई, नवल राई (साइला), कर्मराज राई, जीखा राई, सिताराम राई लगायत धेरै संख्या भारतीय र सिङ्गापुर प्रहरीमा समेत कार्यरत तथा भूपूहहरूछन । नेपाल प्रहरीमा अबाद्ध कोते सार्की, जनपाल राई, राजु राई तथा नेपाल आर्मीमा समते उतिकै मात्रमा छन ।

मुलतः साविक गाविसहरू उबू, वाक्सा र केत्तुकेको माध्यमिक विद्यालय एउटै मात्र भएकोले त्यस क्षेत्रबाट उत्पादित सबै विद्यार्थीहरूका गुरु उने चौधरी हुन ।

ब्रिटिश आर्मीको निमित्त ओखलढुङ्गा जिल्लाकै गढ मानिएको उबूको लाहुरे उत्पादानमा प्रत्यक्ष वा अप्रत्यक्ष उनको ठुलो योगदान छ ।

करिब २ पुस्ता (२०४६ सालबाट २०७६ सालसम्म) ३० वर्षसम्म निरन्तर शैक्षिक योगदान गरेका चौधरी रालमाविमा सबै भन्दा लामो समय अध्ययपन गराउने शिक्षक हुन्  भने सबै भन्दा कम अध्ययपन गराउने प्रदेश सभासद माननीय मोहन खड्गा हुन ।

          . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . .  

तपाइको कुनै गुनासो वा कुनै समस्य परेर सञ्चार माध्यमको आबश्यकता परेमा

हामीलाई सम्झनुहोस ।

मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।

Email:     everestnews@outlook.com

              evtelevison@outlook.com 

               Ph: 01 5550662, Cel:  98088 94906, 98510 97929

गीत-सङ्गीत र कलाकारिताको लागि

                     nepaliculture@mail.com

Website:

              Televison:  https://everestkhabar.tv

           Online News: https://everestnewsnepal.com

     . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . .

एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, अडियो तथा भिडियो लिंक . . .

             कृपाया हाम्रो च्यानललाई सब्स्क्राइब, शेयर अनि बेल आइकोमा थिच्नु होला धन्यवाद  !

 

 

 

About Everest News 782 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*