चुरे पहाडको एतिहासिकता

चुरेलाई शिवालिक भनिन्थ्यो । पुराना वैज्ञानिक अध्ययनहरूमा शिवालिक क्षेत्र भनिएको छ । भगवान शिवको बास भएकाले शिवालिक भनिएको तर्क गरेका छन् भारतीय वातावरण वा भूगर्भशास्त्रीहरूले । शिवालिक वा चुरे जे भनिए पनि यो एक भूखण्ड हो । यो भूखण्ड पश्चिममा इन्दुस नदी, पूर्वमा ब्रहृमपुत्रसम्म २४०० किलोमिटर लम्बाइमा फैलिएको छ ।सभ्यताको प्रसंगमा पनि चुरेको ठूलो महत्व छ । यहाँ रामापिथेकसको सन्तान शिवापिथेकसको फोसिल पाइएको छ । यसले चुरेका दुन र घाँटीहरूमा आदिम मानव बसोबास थियो भन्ने प्रमाणित गर्दछ । आश्चर्य के छ भने चुरेको फेदमा सालको वन छ भने टुप्पामा गुराँसका बोटहरू । यसले चुरेले दिएको जैविक विविधता दर्शाएको छ । चुरे हिमालको पहिलो बेसमेन्ट भएकाले हिमाली शृंखलाहरू यसमा अडेका छन् भन्न सकिन्छ ।

About Everest News 782 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*