कुरिलो कलिलो टुसा (Spear) को लागि खेती गरिने एक बहुवर्षे तरकारी बाली हो । नेपालमा समुद्री सतह देखि २२०० मि.सम्म कुरिलोपाइन्छ ।
यानिकी तराईदेखी पहाडसम्म राम्रोसँग खेती गर्न सकिन्छ। कुरिलो पौष्टिक तथा पच्न सजिलो तरकारी भएकोले बिरामी तथा कमजोर व्यक्तिहरूलाई खान दिने प्रचलन धेरै पुरानो भए पनि हाल शहरी क्षेत्रमा विभिन्न परिकारमा मिसाई पकाउने चलन पनि बढ्दै गएको छ ।
नेपालमा यो बालीको खेती व्यावसायिक रूपमा भर्खरै शुरु भएको र विशेष गरी शहरी क्षेत्रमा यसको माग बढ्दै गएको देखिन्छ ।
कुरिलो न्यानो र समशीतोष्ण हावापानी भएको स्थानमा राम्रो हुन्छ । नेपालाको मध्य पहाडी भागमा यसको खेती राम्ररी गर्न सकिन्छ । यसको खेती १५— १८ डि.से. औसत तापक्रम भएको क्षेत्रमा राम्ररी गर्न सकिन्छ।
कुरिलोको क्राउनलाई जाडो तथा चिसोबाट केही असर गर्दैन तर तुसारोबाट भने जोगाउनु पर्दछ । कुरोलोको अनेकन फाईदाहरुछन् । त्यही कारणले अहिले कुरोलो प्रतिकेजी ८०० रुपैयामा पनि पाउन गाह्रो भएको छ ।
हामीले ६ महिनामा एक रोपनिबाट ३ देखि ६ सय केजि सम्म उत्पादन लिन सक्छौं । यसको हिसाब गर्ने हो भने हामीले अरु बाली भन्दा कुरिलोबाट धेरै राम्रो कमाउन सक्छौं । तपाईहरु के खेती गर्ने भनेर सोच्दै हुनुहुन्छ भने कुरिलो खेती गर्दा पनि हुन्छ ।
Leave a Reply