सहोदर माइजु र भान्जाबिच अनैतिक सम्बन्ध

साउन ४ । आफ्नै जेठी दिदीको छोरा जो मावलमा लामो समयदेखि बस्दै आइरहेका थिए र मावलीले नै सानैदेखि पालनपोषण गर्दै पनि आएका थिए। त्यीनै भाञ्जाले आफ्नै कान्छी माइजूलाई लिएर हिँडे। घरमा भएको आमाका अनुसार कान्छो छोरा विदेश गएदेखी उनी छुट्टै खाना पकाएर खाँदै आएकी थिइन् र आफ्नो भाञ्जालाई समेत खाना पकाउने,आवतजावत गर्ने,काम सघाउने गरेकाले घरमा खासै शंका गरेका पनि थिएनन्।

तर त्यी भाञ्जाकी आमा भने बोल्न नसक्ने अशक्त हुनुहुन्छ ।आमा र कान्छो छोराले बुहारीलाई खोज्न भनी त्यहाँबाट आधा घण्टा जति लाग्ने आफ्नो छोरीको घरमा गए तर त्यहाँ उनीहरूले देखेनन्।छोरीलाई हातको इशाराले सोधपुछ गर्दा उनले लुगा लगाएर तलतिर गए भनेर जवाफ दिइन्।त्यस पछि छोराले आफ्नी श्रीमतीलाई कहाँ गएकि ? भाञ्जासँग गएकै हो भनेर सोध्दा उनले गएकै हो अब मलाई खोजी नगर भनेर जवाफ दिइन्।

आमाका अनुसार बुहारीलाई सानैमा बिहे गरेको र सानैदेखि ल्याएको भएपनी घरायसी काम,व्यवहार सबै ठीक भएको र घरको काम पनि उनले दुख गर्दै सम्हाल्दै आइरहेकी तर जब छोरा बिदेश गए त्यहाँदेखि बुहारी बि’गृन थालेको उनले बताएकी छिन्।नातिले पनि साथीभाइहरू ल्याउने पार्टी गर्ने गरेका थिए।छोराले पठाएको पैसा समेत बुहारीले सकेको आमाले आरोप लगाएकी छिन्।सासूससुरा छुट्टै बस्दै आएका थिए र अलग्गै खानपिन थियो र उनीहरूलाई कहिले पनि बोलाउँदैन थिए।

त्यीनै माइजू र भाञ्जालाई मिडिया सहित गएर १२ बजे राती रंगेहात पक्राउ गरिएको छ।भाञ्जालाई बाहिर सोधपुछ गर्दा उनी घोसे मुण्टो लगाएर मात्रै बसिरहे।उनकै मामाले उनलाई विदेशबाट मोबाइल समेत पठाइदिएका रहेछन्। माइजूले हामी बुढाबुढी भएको र हिँडिसकेको भन्दै जवाफ समेत दिइन्। श्रीमानले सहन नसकी एक च’ड्कन समेत दिए।

अहिले उनै माइजू र भाञ्जालाई समाज अगाडि राखेर छलफल गराइयो। भाञ्जा र माइजूलाई सँगै राख्न नसकिने,भाञ्जाले पनि माइजू स्वीकार गर्न नसक्ने बताए भने माइजूले आफूहरूबीच सम्बन्ध भएको स्वीकार गरेकी छिन्।दुवैजनालाई बिहे गर्न आग्रह गर्दा पहिले दुवैजना यस बिषयमा नबोलेको र अहिले आएर भाञ्जाले स्वीकार गर्न नसक्ने बताएका हुन्। गाउँलेहरूले पनि पहिले थाहा भएको भएतापनि आफूहरू केही नबोलेको र अहिले दुवैजना हिँडिसके पछी मात्रै कुरो निस्केर बोल्नुपरेको जनाएका छन्।

सबैले रोकेपछि उनले छोडिदिए।उनलाई भाञ्जासँग किन हिँडेको भनी सोध्दा मलाई ज्यादा श्रीमानले किचकिच गरेर हिँडेको उनले बताइन्। श्रीमानले आफ्नो छोरीको लागि अहिले पनि आफ्नी श्रीमती स्वीकार गर्न तयार रहेको बताएका छन्।मामा भाञ्जालाई अझै पनि सम्झाइरहेका छन्।

. .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . .

तपाइको कुनै गुनासो वा कुनै समस्य परेर सञ्चार माध्यमको आबश्यकता परेमा

हामीलाई सम्झनुहोस ।

मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।

Email:     everestnews@outlook.com

              evtelevison@outlook.com 

               Ph: 01 5550662, Cel:  98088 94906, 98510 97929

गीत-सङ्गीत र कलाकारिताको लागि

                     nepaliculture@mail.com

Website:

              Televison:  https://everestkhabar.tv

           Online News: https://everestnewsnepal.com

     . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  

एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, अडियो तथा भिडियो लिंक . . .

             कृपाया हाम्रो च्यानललाई सब्स्क्राइब, शेयर अनि बेल आइकोमा थिच्नु होला धन्यवाद  !

About Everest News 730 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*