यथार्थ !

SLC मा 91.25% हानियो , +2 मा 78.23% हानियो। Bachelor मा 75 ओभर र masters मा राम्रै बढिरहेको थियो। कुन किताबको कुन पेजको कुन नम्बरमा कुन प्रस्न छ। त्यसको उत्तर के हो सबै रटियो। कसैले सोधे आँखा चिम्लेर भनिन्थ्यो……..!!!तर जब म मख्ख परेर “MARKS” ले भरिएको आफ्नो भए भरको “Marksheet” “Certificate” को खाता बोकेर जागिर खान्छु पैसा कमाउछु र भबिष्य बनाऊछु भनेरInterview मा गएँ……!!!Interview लिने मान्छेहरुले मेरो जीवन भरकोदु:ख मेहनत को कमाई मेरो Marksheet हेरे रभुईमा राखे। यसरि भुई मा राखे कि त्यसको कुनै मुल्य नै नभए झै……..!!!अनि म तिर हेरेर हाँस्दै सोधे तपाई ले त धेरै पढनुभएको जस्तो छ। आज सम्म पढेर तपाईले जिन्दगीमा के के कुराहरु सिक्नु भो ? कुन-कुन क्षेत्रमा परिवर्तन गर्नु भयो ?म त्यो प्रश्न को उत्तर दिन अक्मक्किए किनकि मेरोदिमाग मा Newton’s का सिद्धान्त बिज गणितका सुत्र डार्विनको थ्योरी देखि त्यो पेजको त्यो नम्बर को त्यो प्रस्नको Derivation अनि उत्तर कण्ठै थियो……..!!! तर पनि उक्त प्रश्नको उत्तर भेटेन !Interview room मा छिर्ने बेला छाति फुलाएर गर्बका साथ छिरेको थिए। म हातमा भएका Marksheet अनि certificate हरु भारि लागेको थियो। तर जब म Interview room बाट बाहिर निस्किए ति Marksheet अनि Certificate हरु बाटोमा उम्रेका झारको पात भन्दा नि हलुका लाग्न थाल्यो……..!!!अनि घर आइ ति सारा Marksheet अनि Certificate काठको दराजमा थन्काउन बाध्य भए र हिडे पासपोर्ट बनाउन।

तिन चार महिनाको साउदी ट्राइ गरेपछि भिसा पनि आयो। १६ बर्ष पढेर पाएका Certificates हरु भन्दा १६ दिनको प्रयासले बनेको पासपोर्ट अहिले प्यारो लाग्छ। त्यही एउटा पासपोर्टको भरमा घरका सबै सदस्यले आफ्नो सपना बुन्ने गर्दछन र म सबैको सपना साकर पार्न परदेसिए…… ! ! !त्यसैले साथीहरु जिन्दगीमा तपाईहरुले कस्तो पढनु भो त्यस्ले खासै महत्व राख्दैन तर तपाईहरुले के पढनु भो पढेर के सिक्नु भो तेसले ठूलो प्रभाब पार्छ…….!!!Marks र Certificate को लागि मात्र होईन नयाकुरा सिक्न को लागि पढनुहोस………! ! !

About Everest News 760 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*