एभरेष्ट न्यूज ।
कार्तिक-२६, काठमाण्डौँ ।
कार्तिक २५ गतेबाट देशभर संचालन भएको राष्ट्रिय तथ्याङ्क संकलनमा गम्भिर त्रुटि देखापरेको छ ।
तथ्याङ्क संकलन प्रश्नावलीमै वाम्बुले नभएपछि वाम्बुले समुदायबाट चौतर्फी विरोध हुन थालेपछि वाम्रास केन्द्रको पहलमा किरात राई यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राईको नेतृत्वमा केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाइ तत्काल सच्चाउन आग्रह गरेकाछन ।
विभाग प्रमुख श्रेष्ठले तथ्याङ्क संकलनको “कोड नं ४३” भएको याम्बुले “वाम्बुले” हो र त्यसैमा वाम्बुलेले आफ्नो गणना टिपाउन अनुरोध गरेपनि अन्य जातीहरूमा पनि धेरै प्राविधिक समस्य (दुमी राईलाई डुमी) देखापरेकोले तत्कालै नसच्चाए पछि जटिल हुन सक्ने देखिएको जनाउदै समग्र राई जातिले जनगणना नै बहिस्कार गर्ने दबाफपछि तथ्याङ्क विभागले तत्कालै सफ्टवयेर तथा प्रश्नावली सच्चाउन तत्पर रहेको छ ।
ध्यानआर्षण लागि यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राई, उपाध्यक्ष जीवन हाताचो, महासचिव जनक राई, सचिव अर्जुन जम्नेली राई, वाम्बुले राई समाजका अध्यक्ष गजुरधन राई, उपाध्यक्ष गणेश राई, सचिव बिकास राई (सौगात), सहकोषाध्यक्ष मतिलाल राई, सदस्य बडाजीत राई, भवानसिँ राई, पचुराम राई। सह राई, मिलन कान्छा किराती, कृष्णजीत राई, वान्तावा भाषा विज्ञ पदम राईको उपस्थिति रहेको छ ।
वाम्रास केन्द्र तथा यायोक्खाले पटक-पटक लिखित सुझाव बुझाए पनि समय अभावको कारण अत्याधिक द्रुतगतिमा काम गर्नु परेकोले त्रुटि हुन गएको महानिर्देशक श्रेष्ठले बताउनु भयो ।
तपाइको कुनै गुनासो वा कुनै समस्य परेर सञ्चार माध्यमको आबश्यकता परेमा
हामीलाई सम्झनुहोस ।
मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।
Email: everestnews@outlook.com
evtelevison@outlook.com
Ph: 01 5550662, Cel: 98088 94906, 98510 97929
गीत-सङ्गीत र कलाकारिताको लागि
nepaliculture@mail.com
Website:
Televison: https://everestkhabar.tv
Online News: https://everestnewsnepal.com
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, अडियो तथा भिडियो लिंक . . .
कृपाया हाम्रो च्यानललाई सबस्क्राइब, शेयर अनि बेल आइकोमा थिच्नु होला धन्यवाद !
Leave a Reply