सिङ्गापुर भूपूद्धारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र

मंसिर -१, काठमाण्डौँ ।

आन्दोलनरत ब्रिटिश गोर्खा भुतपूर्व सैनिक संगठन (बिगेसो)कोशाखा सिङ्गापुर विभागले प्रधानमन्त्री शेरबहादुर देउवालाई तलब सुविधा, दुर्घटना विमा, पेन्सन, विधुवा पेन्सन, स्वस्थ्य उपचार लगायतको सुविधाहरू समान पाउनुपर्ने १६ बुँदे माग राख्दै ज्ञापन पत्र बुझाएकाछन ।

मानवशास्त्री प्रा. डा.ओम गुरुङको नेतृत्वमा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ, नेता परि थापा, बिगेसोको सभापति पदमसुन्दर लिम्बु, अधिबक्ता फडिन्द्र कार्की, सञ्चारकर्मी तथा चलचचित्र निर्देशक चन्द्र वाम्बुले सहितको टोली थिए ।

यसैगरि सिङ्गापुर विभागका कार्यबाहाक प्रमुख मणिकुमार सुनुवार, उपाध्यक्ष गुमनबहादुर पुन, उपाध्यक्ष युवराज गुरुङ, सचिव ज्ञानबहादुर गुरुङ, कोषाध्यक्ष उत्तमकुमार सुनुवार लगायतले सिङ्गापुरमा कार्यरत गोर्खाज (नेपाली)हरूले भोगेको असमानता बारे जानकारी दिँदै प्रधानमन्त्री निबास बालुवाटरमा ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्रमा बेलायत–भारत–नेपालबिच भएको सन् १९४७ को त्रिपक्षीय सन्धि अन्तर्गत सिङ्गापुर गोर्खा प्रहरीमा भर्ती भई निष्पक्ष, ईमान्दार, अनुशासित र बफादार गोर्खा प्रहरीको रुपमा सिङ्गापुरको सेवा गरेको ७४ वर्ष पुग्दा समेत सिङ्गापुरमा कार्यरत नेपालीले राष्ट्रियता र जातियताको आधारमा चरम विभेद भएको उल्लेख छ ।

समान पद र कार्यक्षमता भएका वीच पनि फरक तलब सुविधा, दुर्घटना विमा, पेन्सन, विधुवा पेन्सन, स्वस्थ्य उपचार लगायतको सुविधाहरू समान पाउनुपर्ने माग सहित ज्ञापन पत्र बुझाइएको का.बा. प्रमुख सुनुवारले बताउनु भयो ।

प्रा.डा. गुरुङले सन १९४७ मा बेलायत–भारत–नेपालबिच भएको त्रिपक्षीय असमान सन्धिको कारण बेलायतले सिङ्गापुरको लागि भर्ती गरेको हो र आजसम्म पनि सिङ्गापुर प्रहरी फोर्समा काम गर्ने गोर्खाहरूको भर्ती, तालिम, तलब, पेन्सन तथा अन्य सेवासुविधा आदिको व्यवस्थापन बेलायत सरकारले नै गर्ने गरेकोले सिङ्गापुरमा कार्यरत युवाहरूले यो पिडा भोक्नुपरेको बताउनु भयो ।

“यो नेपाल सरकार र सिङ्गापुर दुबै देशको हित विपरित भएकोले नेपाल सरकारले यसको समाधान तत्काल खोज्नु पर्ने” गुरुङले बताउनु भयो । यसले नेपालको राष्ट्रियता र राष्ट्रिय स्वाधीनता माथि नै आँच पु¥याउने कार्य भएकोले नेपाल सरकारको लाचारीपनबाट माथि उठी निचोडखोज्नु पर्ने तट्कारो देखिएको समेत बताउनु भयो ।

पराराष्टविद् हिरण्यलाल श्रेष्ठले आफु संसदको परराष्ट तथा मानव समितिको सभापति हुँदा नै यो विषयलाई गम्भिरतापुर्वक लिंदै अध्ययन र अनुसन्धान गरि सरकारलाई यो विषय गम्भिर र जटिल रहेकोले तत्कालै समाधानकोलागि पहल गरिनु पर्ने सुझाब पेश गरेको बताउनु भयो ।

नेता परि थापाले नेपाली युवाहरूले सिङ्गापुरका शान्ति सुरक्षा कायम गरेबापत अझ थप पुरस्कार र इनाम पाउनु पर्ने बेला विभेद गर्नु साह्रै ठुलो अन्याय र व्यवाहार भएको बताउनु भयो ।

त्रिपक्षीय सन्धिमार्फत नेपालसंग कुनै सम्झौता नै नगरि नेपाली युवालाई सिङ्गापुरमा खटाएर ब्रिटिशले कमिसन खानु मानव तस्कारी रहेको विगेसोको सभापति पदमसुन्दर लिम्बुले बताउनु भयो ।

तपाइको कुनै गुनासो वा कुनै समस्य परेर सञ्चार माध्यमको आबश्यकता परेमा हामीलाई सम्झनुहोस ।

मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।

Email:     everestnews@outlook.com

              evtelevison@outlook.com 

               Ph: 01 5550662, Cel:  98088 94906, 98510 97929

गीत-सङ्गीत र कलाकारिताको लागि

                     nepaliculture@mail.com

Website:

              Televison:  https://everestkhabar.tv

           Online News: https://everestnewsnepal.com

     . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . .

एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, अडियो तथा भिडियो लिंक . . .

             कृपाया हाम्रो च्यानललाई सब्स्क्राइब, शेयर अनि बेल आइकोमा थिच्नु होला धन्यवाद  !

कृपाया हाम्रो च्यानललाई सब्स्क्राइब, शेयर अनि बेल आइकोमा थिच्नु होला धन्यवाद  !

About Everest News 730 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*