सपना

एभरेष्ट न्यूज,

मंसिर-७, काठमाण्डौँ ।

सपना देख्ने अधिकार सबैलाई हुन्छ । खुल्ला आखाँले देखिएका सपनाहरू कतिप्रिय हुन्छन् । सपना त निदाएर पनि देखिन्छ ।
फरक यति हो कि निदाएर देखिएका सपना पक्कै पुरा गर्नेर्छु भन्ने अठोट गरिएको हुँदैन । ती निदाउन्जेल देखिन्छन् अनि बिउँझदा यादमा हुदैनन् ।

एउटा कथन छ नि ‘सपना त्यो होइन जुन सुतेर देखिन्छ, सपना त त्यो हो जसले सुत्न दिदैन ।’ कि हाम्रा सपनाहरू सपनामा नै सिमित नरहुन भन्ने हामी सबैको इच्छा हुन्छ । सानै देखि हरेक एक व्यक्तिको एउटा सपना त पक्कै हुन्छ ।
भलै त्यो पूरा होला नहोला तर हरेक मनमा सपना सजिएका पक्कै हुन्छन । शिशु कक्षा पढ्ने सानो नानीलाई पनि सपना, रहर र भबिस्यका बारेमा के बन्ने के गर्ने भन्ने प्रश्न गर्दा चित्त बुझ्दो उत्तर पाउन सकिन्छ ।
ति अबोध बालकहरु निर्धक्क खुलेर सपना भनिदिन्छन् । न कसैको डर न त कसैको दवाब नै । खुल्ला आँखाले स्वतन्त्र देखिदिन्छन् आफ्ना सपना ।

उमेर, कक्षा र साथ बढ्दै जादाँ सपना, रहर र भबिस्यका योजना बद्लिदै जान्छन् ।
बद्लिन्छन हरेक मनका चाहना, इच्छा र रहरहरू

फरक यति हो उमेर, कक्षा र साथ बढ्दै जादाँ सपना, रहर र भबिस्यका योजना बद्लिदै जान्छन् । बद्लिन्छन हरेक मनका चाहना, इच्छा र रहरहरू ।
सानो अबोध अवस्थामा त्यो बालकलाई घर परिवारको वास्तविक अवस्था थाहा हुदैन, न त आफ्नो क्षमताको बारेमा पूर्ण जानकारी नै उसले पत्ता लगाउन सकेको हुन्छ ।

त्यसैले त उस्ले सजिलै भनिदिन्छ म ठूलो भएर यो बन्छु त्यो बन्छु, यति कमाउछु, यो रहर पुरा गर्छु आदि इत्यादि । ,

”एउटा यस्तो उमेर पनि आउँछ,

जसलाई जता देखिन्छ त्यहि ठाउँमा त्यहि जस्तै बन्ने”

एउटा यस्तो उमेर पनि आउँछ कि जसलाई जता देखिन्छ त्यहि ठाउँमा त्यहि जस्तै बन्ने ।
जस्तैः सिपाही देख्दा सिपाही, विद्यालयमा शिक्षक देख्दा शिक्षक, बाटोमा ट्राफिक प्रहरी देख्दा ट्राफिक जस्तै बन्ने ।

सङ्घर्षको मैदानमा होमिने समय नआएकाले होला बढ्दो उमेरका बालबालिकाले स्वतन्त्र सपना देखिदिन्छन् ।
आफुहरुले पूरा गरिदिन नै नसकिने आफ्नो बालबच्चाका सपनाका कुरा सुनेर त्यसै–त्यसै मख्ख पर्ने बुवा आमाले त्यस बच्चाको भविष्यका केहि रेखा आफैले कोरिसकेका हुन्छन् ।

सानोमा कसैले बाबु के बन्ने भनेर सोधिएको प्रश्नमा,

तोते बोलिमा दाक्तर (डाक्टर)

यी सबै कुराहरू त्यो सानो बालकले चाल नै पाउँदैन । उ त केवल देख्छ सपना ।
सानोमा कसैले बाबु के बन्ने भनेर सोधिएको प्रश्नमा तोते बोलिमा दाक्तर (डाक्टर) भन्ने उत्तर दिएकाहरू नै आज विद्यालयमा शिक्षकको पेशामा कार्यरत छन् ।

शिक्षक बन्छु भन्नेहरूले परिवारले पढाई खर्च धान्न नसकेकाले आफ्नो पढाई नै पूरा गर्न सकिराखेका छैनन् । सरकारी जागिर खान्छु भन्नेहरू विवशताले बिदेश पलायन भइराखेका छन ।

जब एउटा मान्छे घर र परिवारको ब्यवहार बुझ्ने हुन्छ, त्यसपछि धेरै जसो सपनाहरू आफ्नो क्षमता अनुसारको देख्न र देखाउने गरिन्छ ।
जति सहायता आफ्नाले गर्न सक्छन्, जति काम आफुले गर्न सकिन्छ र जति आफ्नो दिमागले थेग्न सक्छ हो त्यति नै र त्यही अनुसारको सपना देख्न थाल्छ मध्यम वर्गीय परिवारको मानिसले ।

मध्यम वर्गीय परिवारमा पारिवारिक नियम, समस्या, आर्थिक अवस्था, मूल्य र मान्यताका आधारमा पनि सपनाहरू निर्धारण गरिन्छ ।

”बिद्यालय परिवारको आयस्रोत अनुसार रोज्नुपर्ने हुन्छ”

बाल्यकालको सुरुवाती देखि नै परिवारको आम्दानीकै आधारमा हाम्रा सपना र कल्पना गर्न सक्ने अवस्था मापन गरिदिएको हुन्छ ।
बिद्यालय परिवारको आयस्रोत अनुसार रोज्नुपर्ने हुन्छ । हाम्रा समाजका हुनेखानेका बालबच्चाहरू सुविधा सम्पन्न बोर्डिङ स्कुलमा अनि हुँदा खानेका बालबच्चाहरू सरकारी विद्यालयमा ।

वास्तवमा यहीँबाट नै आम्दानी र सम्पत्ति अनुसार सपना देखाइदिने काम शुरु हुन्छ । अब बिस्तारै अघि बढ्दै जाँदा सपनाहरू छाटिदै जान्छन ।

”अनि डाक्टर बन्न सक्ने क्षमता भएकाहरू पेशाले शिक्षक बनिदिन्छन । शिक्षक बन्नु पर्नेहरू परिवारमा आइपरेको ऋण तिर्न खाडीतिर लाग्छन । राजनिती गर्नु पर्नेहरू बिहान बेलुकीको छाक टार्न ज्याला मज्दुरीको काममा नै ब्यस्त देखिन्छन । ”

अनि डाक्टर बन्न सक्ने क्षमता भएकाहरू पेशाले शिक्षक बनिदिन्छन । शिक्षक बन्नु पर्नेहरू परिवारमा आइपरेको ऋण तिर्न खाडीतिर लाग्छन ।
राजनिती गर्नु पर्नेहरू बिहान बेलुकीको छाक टार्न ज्याला मज्दुरीको काममा नै ब्यस्त देखिन्छन ।

इन्जिनियर बन्ने सपना सजाएका व्यक्ति बुवाको बिडो थाम्नुपर्ने भन्दै खेती किसानीमा नै जिवन व्यतित गरिदिन्छन् । व्यापार गर्न रुचाउनेहरू हाकिमको गाली र तनावग्रस्त जागिरतिर भौतारि रहेका छन् ।

हाए ! आर्थिक अवस्थाले देखाइदिएका सपनाहरू

हाए ! आर्थिक अवस्थाले देखाइदिएका सपनाहरू । खुल्ला आँखाले देखिएका सपना पुरा गर्ने कुरालाई केहि पर राखेर यो युगका जवान मानिसहरुलाई एकटक लगाएर नियाल्ने हो भने आशा हराएका, हरेस खाएकाहरूको सङ्ख्या अधिकाशं भेट्न सकिन्छ ।

एक त बेरोजगारीले कुजिएको देशको अवस्थाले मनलाई अत्याइरहेको छ । कहिकतै भेटिएका कामहरू आफ्नो रोजाई र पढाई अनुसाारको हुँदैन त्यहि माथि काम गरेर पाउने पारिश्रमिकले न आफुलाई चित्त बुझ्छ न परिवारको चित्त बुझाउन सकिन्छ ।

मन त्यसै त्यसै भारी हुन्छ । न आफुले केहि गर्न सकिन्छ, न कहिँ जान सकिन्छ, न कसैलाई केहि भन्न सकिन्छ । सकिन्छ त केवल झुटो हाँसो हाँस्न, रातभरि छट्पटिन अनि तनावग्रस्त समय आलटाल गरेर कटाउन ।

वास्तवमा हामी मध्यम वर्गिय परिवारका व्यक्तिहरूलाई सानैदेखि सपना देख्ने कुरामा पावन्दि लगाइएको हुन्छ ।

व्यक्तिका क्षमतालाई ओझेलमा पारेर यत्तिसम्म मात्र गर्ने, यो यत्ति मात्र पढ्न हो, यहाँ मात्र जाने, यो मात्र खाने आदि इत्यादि जस्ता सिमाहरू छुट्याइएका हुन्छन् ।

व्यक्तिका क्षमतालाई ओझेलमा पारेर यत्तिसम्म मात्र गर्ने, यो यत्ति मात्र पढ्न हो, यहाँ मात्र जाने, यो मात्र खाने आदि इत्यादि जस्ता सिमाहरू छुट्याइएका हुन्छन् ।
जसका कारणले हाम्रा सर संगत त्यहि सिमितता भित्र मात्रै रहन्छ । हामीले सिक्ने, खाने,भन्ने, बोल्ने जस्ता कुराहरु सिमित रुपमा रहन्छन् ।

सानैदेखि परिवारको दुःख र सुख देखेकाहरू अक्सर परिवारमा भएको अलिकति खुशी पनि आफुले देखेको सपना पुरा गर्ने चक्करमा हराउलान् भन्ने डरले ती सपना पूरा गर्ने त परको कुरा त्यो सपना कसैलाई सुनाउन पनि डराउछन ।

अनेकन कल्पना गर्दै बुनिएको सपनालाइ पारिवारीक र आर्थिक स्थितिकै कारण पूरा गर्न नपाएका घटना तपाई हाम्रै समाजमा बग्रेल्ती पाइन्छ ।

बरु आफैभित्र आफ्ना सपना लुकाएर बाहिर हासिदिने, सपनालाई दागबत्ती दिनु परेकोमा एक्लै भक्कानो छुट्ने गरि एकान्तमा रुने, तनावग्रस्त मनलाइ जिन्दगी यसै गरि चलिरहन्छ भन्ने झुटो आशा दिलाउन नै सजिलो हुने रहेछ क्यारे ।

हुन त यी बाहेक केही गर्न सकिन्छ र भन्ने प्रश्न पनि धेरैको मनमा उब्जेको होला । पक्कै पनि सकिदैन ।

” कहिलेकाही पैसा ठुलो कि खुसी भन्ने बहस चलिरहदाँ चिच्याएर पैसा ठुलो भन्न मन लाग्छ । ”

आर्थिक स्थितिले तुहाएका सपनाहरू सम्झिदाँ धेरै जनाको गहभरि आशुँ टिलपिल हुने गर्छन र कहिलेकाही पैसा ठुलो कि खुसी भन्ने बहस चलिरहदाँ चिच्याएर पैसा ठुलो भन्न मन लाग्छ ।

”असीमित सपनाहरुलाई ओझेलमा पारेको छ, मस्त निदाउनु पर्ने आधा रातमा मनको बह पोख्नकै लागि साथ खोज्नु परेको छ । ”

जुन पैसाले अनगिन्ती सपनाहरू लुटेको छ । असीमित सपनाहरुलाई ओझेलमा पारेको छ, मस्त निदाउनु पर्ने आधा रातमा मनको बह पोख्नकै लागि साथ खोज्नु परेको छ ।

पैसा सबै कुरा होइन तर धेरै कुरा हो ।

ए लौन कसैले बताइदेओ पैसाबिना सपना पूरा गर्ने तरिका । मलाई लाग्छ, पैसा सबै कुरा होइन तर धेरै कुरा हो । यहि विषयमा बहस चलाउने हो भने पक्ष तर्फका तर्कहरू आगिन्ति भेटिनछन् ।

आर्थिक अवस्थाकै कारण एउटा बुबाले आफ्नो छोराको मुखसम्म हेर्न नपाइे गर्वबती श्रीमति छोडेर बिदेशीनु परेको छ, परिवारमा दिनरात ऋणको झमेला सहन नसकेर कयौंले मृत्युको बाटो अङालेका छन ।

बालबच्चा पाल्नकै लागि एउटी महिला देह ब्यापारमा लाग्नु परेको छ

बालबच्चा पाल्नकै लागि एउटी महिला देह ब्यापारमा लाग्नु परेको छ ।
अनेकन सपना बुनेका कयौं व्यक्तिहरू उता विदेशमा भोक र प्यासको पर्वाह नगरी दिनरात पसिना बगाएर, मन भरी आफ्नाहरुलाई झल्झली याद गर्दै धपेडी कसेर परिवारको ऋणको बोझ हल्का गराउन सक्छु कि भन्ने झिनो आशा बोकेर आफ्नो सपनालाई दागबत्ति दिइरहेका छन् ।
ल अब तपाईं भन्नुस हाम्रा सपना आर्थिक अवस्थाले देखाए कि देखाएनन् ?

लेखक सञ्जना सुर्खेती पत्रकारीता विषयको विद्यार्थी हुन ।

तपाइको कुनै गुनासो वा कुनै समस्य परेर सञ्चार माध्यमको आबश्यकता परेमा हामीलाई सम्झनुहोस ।

मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।

Email:     everestnews@outlook.com

              evtelevison@outlook.com 

               Ph: 01 5550662, Cel:  98088 94906, 98510 97929

गीत-सङ्गीत र कलाकारिताको लागि

nepaliculture@mail.com

Website:

              Televison:  https://everestkhabar.tv

           Online News: https://everestnewsnepal.com

     . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . .

एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, अडियो तथा भिडियो लिंक . . .

             कृपाया हाम्रो च्यानललाई सब्स्क्राइब, शेयर अनि बेल आइकोमा थिच्नु होला धन्यवाद  !

कृपाया हाम्रो च्यानललाई सब्स्क्राइब, शेयर अनि बेल आइकोमा थिच्नु होला धन्यवाद  !

About Everest News 279 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*