कुल ७० मध्ये ६७ सिट जितेको आम आदमी पार्टी (AAP ) दिल्लीका अध्यक्ष अरबिन्द केजरीवालले प्रतिपरिवार मासिक २ सय यूनिट सम्मको विजुली बत्ती निशुल्क गरेको छ ।
प्रति परिवार मासिक २० हजार लिटर खानेपानी, दिल्लीको सरकारी बस सेवा मा सबै महिलाका लागि निशुल्क यातायातको ब्यबस्था गरेका छन भने ४ हजार मोहल्ला (टोल) क्लिनिक मार्फत निशुल्क स्वास्थ जाँच र दिल्लीका हस्पिटल मा ७० लाख भारु सम्मको औषधि उपचारको ब्यबस्था दिल्लीका २ करोड जनताका लागि गरेका छन्।
दिल्लीका सम्पुर्ण सरकारी स्कुलको भौतिक ,प्रशासनिक ,र गुणस्तर सुधार गरिदिएका छन् जसको कारण अभिभावकहरु आफ्ना बच्चाहरुलाई निजि स्कुलबाट निकाली सरकारी स्कुलमा भर्ना गर्न लाइन लागेका छन्।
१ लाख भन्दा बढी सिसिटिभि जडान गरिएको छ भने जेष्ठ नागरिकका लागि निशुल्क तिर्थातनको ब्यबस्था गरिएको छ। जनतालाई प्रत्यक्ष अप्रत्यक्ष सेवा दिन राज्यले ब्यबस्था गरिदिएको निकायहरुमा सरकारले प्रत्यक्ष र कडा निगरानी गरिएको बताउनु हुन्छ ।
जनतालाई यत्रो सुबिधा दिन तपाईंले श्रोत कसरी जुटाउनु भो? भन्ने पत्रकारको प्रश्नमा “मैले कुनै पनि चिजमा कर बढाएको छैन, अझ घटाएकै छु, मैले ऋण पनि लिएको छैन न कुनै विदेशी अनुदान लिएको छु। बस मैले सरकारका तर्फबाट हुने भ्रस्टाचार अन्त गरि भ्रस्टाचारमा हुने पैसा जोगाएर त्यही पैसाबाट मेरा जनताहरुलाई सुबिधा दिएको छु। मेरो लागि कुनै वाद, धर्म भन्दा पनि ठूलो मेरो जनताको खुशी हो” बताउनु भयो ।
Leave a Reply