विश्व प्रसिद्व फेसन डिजाइनर एवम लेखक किर्जिदा रोड्रिग्जदवारा

विश्व प्रसिद्व फेसन डिजाइनर ब्लगर एवम लेखक किर्जिदा रोड्रिग्जदवारा उँहाको क्यान्सरले निधन हुनु अगाडि लेखेको नोट:

दुनियाँको सबै भन्दा महंगो ब्राण्डको कारहरू मेरो ग्यारेजमा त्यसै थन्किएका छन तर मलाई भने ह्रिवलचेयरको प्रयोग गरिरहनु परेको छ

मेरो घरमा हिराका डिजाइनका कपडा जुत्ता महङ्गा सरसामानले भरिएको छ तर मेरो शरीर भने अस्पतालले दिएको एउटा छोटो पछ्यौरीले मात्र ढाकिएको छ

बैंकमा मेरो खाताहरूमा रहेको पैसा मेरो पैसा हुन तर अब त्यो पैसा मेरो कुनै कामको छैन

मेरा घर एक महल झैं छ तर म अस्पतालमा एक सानो अाकारको बिस्तारामा पल्टिरहेको छु

म एक फाइव स्टार होटलबाट अर्को फाइव स्टार होटलहरूमा जाने गर्थे तर अब म अाफ्नो समय अस्पतालमा एक प्रयोगशाला बाट दोस्रो प्रयोगशालामा जानका लागि बिताइ रहेकी छु

मैले सयौं मानिसलाई अटोग्राफ दिएको छु तर अाज डाक्टरहरूको प्रेस्क्रिप्शन नै मेरो लागि अटोग्राफ भएको छ

मेरो कपाललाई सजाउनको लागि मसंग सातजना ब्युटीशियनहरू थिए तर अाज मेरो टाउकोमा एउटा पनि कपाल छैन

म एक निजी जेटमा जहाँ चाहे त्याहाँ उड्न सक्थे तर अब मलाई अस्पतालको बराण्डामा जानको लागि पनि दुईजना मानिसहरू सहयोग लिनु पर्छ

बिश्वमा कयौं प्रकारका खाद्ययान्नहरूमा मेरो पहुँच छ तर अहिले मेरो अाहार दिनमा दुई गोली र रातमा दुई थोपा तितो अौषधी मात्र रहेको छ यो घर, यो कार ,यो जेट, यो फर्निचर , यति धेरै बैंक खाताहरू , यति धेरै प्रतिष्ठा र प्रसिद्वि , यीनिहरूको अब मेरो लागि कुनै काम छैन यी मध्ये कसैले पनि मलाई थोरै भए पनि अाराम दिन सक्दैनन् यिनीहरूले केवल दिन सक्छन त केही प्यारा मानिसहरूको अनुहार र उनिहरूको स्पर्श तेसै ले त भन्न मन लाग्छ समय सधै एक नास हुदैन

About Everest News 775 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*