अक्कल बिनाको नक्कल
वसन्त र शरद समयावधितिर (७७०‐४७६ साल अर्थात् पूर्वी चौ कालको आधा समय), पश्चिमी गाउँमा सि–श्री नाम गरेकी एउटी सुन्दरी महिला थिइन् ।
उनको सौन्दर्यताको बयान टाढा टाढाका गाउँसम्म गुन्जिएको थियो । सबैले उनको रुपलाई स्वर्गको अप्सरासँग र उनको हिँडाइलाई मृगको चालसँग तुलना गर्दै प्रशंसा गर्दथे ।
उनी बिरामी परेर शिथिल हुँदा पनि सबैले उनको रूपलाई निकै मायालु र नसालु ठान्दथे ।
एकदिन उनको छाती अचानक निकै दुख्यो, त्यसैले न्याउरो अनुहार पारेर छातीमाथि हात राख्दै पूर्वी गाउँतिर हिँड्दै थिइन् । यसरी हिँड्दै गर्दा पूर्वी गाउँकी एउटी महिलाले सि–श्रीलाई देखिन् ।
बिरामी छँदा समेत सबैले सि–श्रीको रुपको प्रशंसा गर्ने भएकोले अरुले उनको पनि प्रशंसा गर्लान् कि भनेर उनी पनि सि–श्रीको नक्कल गर्दै छातीमा हात राख्दै न्याउरो अनुहार पारेर गाउँमा घुम्न थालिन् । तर सबैले उनलाई खिस्याए ।
यस कथाले हामीलाई अरुको नक्कल गर्नुभन्दा पहिला त्यसलाई विश्लेषण गर्नु जरुरी रहेको र हामीले आफ्नो कमजोरीलाई लुकाउँदै क्षमतालाई कसरी सदुपयोग गर्ने भन्ने बारे हेक्का राख्नुपर्छ भन्ने पाठ सिकाउँछ ।
विचार नपुर्याई अन्धाधुन्ध अरुको नक्कल गर्नु भनेको आफूलाई नै अप्ठ्यारो परिस्थितिमा पार्नु हो ।-चाइना आइडम
Leave a Reply