र्च शाङ थान पिङ्ग पढेरभन्दा परेर सिकिन्छ चिनियाँ युद्धरत अवधिमा (४७५‐२२१ साल) चाओ राज्यमा, चाओ–स नाम गरेका एक प्रसिद्ध सेना जनरल थिए ।
चाओ–सले थुप्रै युद्धहरू जितेका थिए । उनका छोरा, चाओ–ख्वो पनि सानै उमेरदेखि युद्ध कलाको अध्ययनमा निकै रुचि राख्थे । उनी अरुसँग भेट्दा जहिले पनि सैन्य मामिलाको बारेमा मात्र कुरा गर्थे र सैन्य मामिलाका सैद्धान्तिक पाटाको बारेमा बहस हुँदा उनका बुबाले पनि उनलाई जित्न सक्दैनथे ।
उनी युद्ध कलाको मामिलामा कोही पनि आफूजति जान्ने छैन भनी धेरै घमण्ड गर्थे । तर उनका बुबा चाओ–स भने आफ्नो छोराको यस्तो घमण्डीपन देखि साह्रै चिन्तित थिए किनकि उनको ज्ञान पुस्तकमा दिईएको तर्क र उदाहरणमा मात्र सिमित थियो, बाहिरी व्यवहारिक युद्ध कलासम्बन्धी ज्ञान र अनुभवको अभाव थियो ।
चाओ–सको निधनपछि लिएन–फो नाम गरेका सेनापतिले चाओ राज्यको सैन्य मामिला हेर्न थाले । केही समय बितेपछि छिन राज्यको सेनाले चाओ राज्यमा आक्रमण गरे ।
लिएन–फो उमेरमा ठूलो भएतापनि युद्ध कलामा निकै पोख्त थिए । लिए–फोको नेतृत्वमा चाओ सेनाहरुले बहादुरीका साथ छिन सेनासँग युद्ध गरे ।
“यसरी लामो समयसम्म युद्ध गर्ने हो भने राम्रो हुँदैन” भनी सोचेर छिन राज्यका सेना जनरलले एउटा जुक्ति निकाले ।
उनले चाओ राज्यमा जासुस पठाएर जासुसलाई “छिन सेना चाओ–सका छोरा, चाओ–ख्वोसँग सार्है डराउँछन् ” जस्ता कुराहरु चाओ राज्यमा फैलाउन लगाए ।
एक कान दुई कान मैदान हुँदै, यो कुरा चाओ राज्यको राजासम्म पुग्यो र उनले लिएन–फोको ठाउँमा चाओ–ख्वोलाई सैन्य मामिला र युद्ध कला हेर्ने जिम्मेवारी दिए ।
जिम्मेवारी पाएका चाओ–ख्वोले युद्ध मैदानमा पुगेपछि लिएन–फोका सम्पूर्ण युद्ध कलालाई परिवर्तन गरी पुस्तकअनुसार कार्यान्वयन गरे, उनको पुस्तकी ज्ञान युद्धभूमिको लागि प्रतिकुल ठहरियो ।
परिणामस्वरूप चाओ राज्यका सेना छिन सेनाबाट पराजित भए । अतः यस कथाले, सैद्धान्तिक बहसले व्यवहारिक समस्या नसुल्झने र कागजी ज्ञानले मात्र वास्तविक युद्ध नजितिने ज्ञान दिन्छ। यो कथा चाइना कल्चरल पेजमा सम्प्रेसन भएको छ ।
Leave a Reply