बैशाख १३, ओखलढुङ्गा । नेपाली कांग्रेसको गढ मानिएको मानेभज्याङ आसन्न निर्वाचनमा गाउ पालिकाको प्रमुख पद विहीन भएको छ ।
वर्तमान उपप्रमुख सविता राईले गाउ पालिका प्रमुखको दाबेदार गर्दै आएपनि केन्द्रीय सदस्य रामहरि खतिवडाले ज्ञानेन्द्र रुम्दालीलाई टिकट दिन जोडबलगरेपछि अध्यक्ष पदमा रुख चिन्हबाट चुनाव लड्ने आधिकारीक उमेद्वार बिहीन भएको हो ।
रुम्दाली २०७४ को प्रदेश सभा चुनाबमा ओाखलढुङ्गा क्षेत्र नं ख बाट बागी उम्मेद्धर उठेर पार्टीको टिकट पाएको प्रदिपकुमार सुनुवारलाई हराएको कारण कारबाहीमा परेका थियो ।
नेपाली कांग्रेस ओखलढुङ्गाले कारबाही फुकुवाको सिफारिस गरेतापनि केन्द्रमा फुकुवा हुन बाँकी नै छ ।
केन्द्रीय सदस्य खतिवडाले भने स्वतन्त्रबाट उठेको ज्ञानेन्द्र रुम्दाली नै पार्टीको आधिकारिक उम्मेद्धर बताउनु भयो ।
मानेभञ्ज्याङ खतिवडाको घर भएको र कांग्रसको प्रभावशाली नेता भएकै कारण उनको निर्णय स्थानीय तहमा मानक बन्छ ।
प्रमुख पदको दाबेदार गर्दै आएको सविता राईले टिकट नपाएपछि र रुम्दालीलाई कारबाही फुकुवा नभएपछि मानेभञ्ज्याङ अध्यक्ष पद विहीन बनेको हो ।
वाम्बुले राईको सघन बसोबास तथा मुल थातथलो रहेको मानेभञ्ज्याङ गाउ पालिकामा सविता राईले टिकट पाएमा पालिका प्रमुखमा विजय हुने पक्कापकी नै थियो ।
२०७४ को स्थानिय चुनावमा समेत अत्याधिक बहुमतले विजय भएको राई पछिल्लो समय राम्रै छवि बनाउदै आएको कांग्रेसका सकृय कार्यकर्ता हुन ।
सविता राईले टिकट नपाएको र अध्यक्ष पद जस्तोमा पदमा आधिकारिक उम्मेद्धर नभएपछि कांग्रेसका मतदाताहरू चिढिएर छिन्नभिन्न हुने अबस्था सृजना भएको छ ।
स्वतन्त्र उम्मेद्धर रुम्दालीसंग तालमेल गर्ने कांग्रेसको रणनिति भएपनि आधिकारिक उम्मेद्धर नभएको कारण एमालेका उम्मेद्धर रुपलाल तामाङ र माओवादीबाट उम्मेद्धर बनेको युवराज राईतिर मतदाता ढल्कने अबस्था सुजना भएको बताइएको छ ।
वाम्बुलेको बाहुल्य रहेको गाउ पालिका मानेभञ्ज्याङ पार्टीलाई छोडेर पहिचानको आधार तयार हुने हो भने यस पटकको प्रमुख युवराज राईले बाजिमार्ने देखिन्छ ।
उप प्रमुदमा भने कांग्रेसबाट आश्रचन राई र जसपाका दीपेन्द्र रुम्दाली चुनावी मैदानमा छन् । एमालेले जसपाकासंग चुनावी तालमेलको कारण उप प्रमुखको उम्मेद्धरजसपाका भागमा परेको हो ।
कांग्रेसले भने रणनितिक रुपमा अध्यक्ष पद विहीन गरेसंगै संविधानले अख्तियार गरेको प्रमुख र उपप्रमुख मध्येको एकसिटमा महिला कोटा अनिवार्य गरेको सिमालाई समेत मात खुवाएको छ ।
कांग्रेस पार्टीले चालेको पालिका अध्यक्ष पद विहीनसंगै एमाले र जसपाबीचको तालमेलले मानेभञ्ज्याङ गाउ पालिकामा माहिला नेतृ सुन्य हुने पाक्कापक्की नै देखिएको छ ।
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा हामीलाई पठाउनुहोला ।
हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं । सम्पादक ।
मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।
Email: everestnews@outlook.com
evtelevison@outlook.com
Ph: 01 5550662, Cel: 98088 94906, 98510 97929
गीत-सङ्गीत र कलाकारिताको लागि
nepaliculture@mail.com
Website:
Television: https://everesthd.tv
Online News: https://everestnewsnepal.com
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, अडियो तथा भिडियो लिंक . . .
हाम्रो च्यानललाई सब्स्क्राइब, शेयर अनि बेल आइकोमा थिच्नु होला धन्यवाद !
Leave a Reply