बैशाख १७, काठमाडौँ ।
सरकारले प्रहरी महानिरीक्षकमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) धिरजप्रताप सिंहलाई नियुक्त गर्ने निर्णय गरेको छ । त्यसैगरी सशस्त्र प्रहरी महानिरीक्षकमा राजु अर्याललाई नियुक्त गर्ने निर्णय समेत गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा र अर्याललाई सशस्त्र प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो ।
गृहमन्त्री बालकृष्ण खाँण चाहिँ वरियताक्रममा अगाडि रहेका विश्वराज पोखरेललाई नै आईजीपी नियुक्त गर्ने पक्षमा भएतानि प्रधानमन्त्री शेरबहादुर देउबाको अडानमा सिंह आईजीपीमा नियुक्त भएको एक मन्त्रीले बताउनु भयो ।
केपी शर्मा ओली नेतृत्वको सरकारले पोखरेललाई आईजीपी बन्ने रोलक्रममा राख्ने गरी एकल बढुवा गरेर अघि सारेको भन्दै कांग्रेसका केही नेताहरु आलोचना गर्दै आएका थिए ।
आइतबार बिहान भएको सत्ता गठबन्धनको छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वरियता मिचेर आईजीपी नियुक्त गर्दा विवाद हुन सक्ने बताएका थिए ।
सरकारले तेस्रो वरियतामा रहेका सिंहलाई आईजीपी नियुक्त गरेपछि एआईजी विश्वराज पोखरेल र सहकुलबहादुर थापाले त्यसविरुद्ध सर्वोच्च अदालतमा त्यसविरुद्ध सर्वोच्च अदालतमा मुद्ध दायर गर्न जाने भएकाछन ।
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा हामीलाई पठाउनुहोला ।
हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं । सम्पादक ।
मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।
Email: everestnews@outlook.com
evtelevison@outlook.com
Ph: 01 5550662, Cel: 98088 94906, 98510 97929
गीत-सङ्गीत र कलाकारिताको लागि
nepaliculture@mail.com
Website:
Television: https://everesthd.tv
Online News: https://everestnewsnepal.com
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, अडियो तथा भिडियो लिंक . . .
हाम्रो च्यानललाई सब्स्क्राइब, शेयर अनि बेल आइकोमा थिच्नु होला धन्यवाद !
Leave a Reply