बैशाख ३१ । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउपालिकाको वडाहरूमा नेपाली कांग्रेस विजय लगातार रुपमा रहेको छ । वडा नं १ र ९ बाट मतगणना भएकोमा हालसम्म वडा अध्यक्षमा काग्रेस पार्टीले बाजी मारेको छ ।
वडा नं १ का नेपाली कांग्रेसकाबाट प्रत्यासित वडा अध्यक्ष राजकुमार रुम्दाली प्यानल विजय भएकाछन ।
यसैगरी वडा २ वाक्सामा पनि नेपाली कांग्रेसका प्रत्यासी उम्मेद्धर राममणी राईको प्यानलले बाजी मारेकाछन । गत २०७४को स्थानीय निर्वाचनमा थोरै मतले पराजित भएको राई यसपटक निकै मतको अन्तरले विजय भएकोछन ।
वडा ९ माधपुरमा भने नेकपा एमालेका प्रत्यासी उम्मेद्धर पुर्णबहादुर मगर विजय भएको छ ।
यसैगरीवडा नं ८ राघवपुरमा नेपाली काग्रेसको उम्मेद्धर भिम मगरको प्यानल विजय भएको छ ।
गाउपालिका अध्यक्ष पदमा भने स्वतन्त्र उम्मेद्धर ज्ञानेन्द्र रुम्दाली लगातार अग्र स्थानमा रहेको छ । हालसम्म गणना भएको जम्मा मत ३९२७ मध्य स्वतन्त्र उम्मेद्धररुम्दाली (धारा)ले १९६६ मत प्रात्त गरेको छ ।
यस्तै गरि नेकपा एमालेका प्रत्यासी उम्मेद्धर रुपलाल तामाङले १३८५ मत पाएको छ ।
उपाध्यक्षमा भने नेपाली कांग्रेसका प्रत्यासी उम्मेद्धर आश्रचन राई अग्रस्थानमा रहेको छ । जसपाका उम्मेद्धर दिपेन्द्र रुम्दालीले भने ७२५ मत पाएको छ ।
Leave a Reply