कांग्रेस उपाध्यक्षको वडामा एमालेको विजय

जेठ १ । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउपालिकामा वडा ३ उबूमा नेकपा एमालेको प्यानले नै बाजी मारेको छ ।

प्रत्यासी उम्मेद्धर जितेन राई (मुक्काचोले) ५२० मत सहित वडा अध्यक्षमा विजय हासिल गरेको छ । उबूमा नेकपा एमाले विजय प्राप्त गरेको यो पहिलो पटक हो ।

उबू नेपाली कांग्रेसको गढ मात्रै होइन निवर्तमान पूर्व उपाध्यक्ष सविता राईको वडा समेत हो । पुस्तौदेखिको कांग्रेसी मतदाताहरूलाई जितेन राईले बाम पार्टीमा मतदान गराउने मनसाय बनाउन त्यति सहजको कुरा होइन ।

परम्परागत पार्टी र पद्धतिलाई विश्वास गर्ने र परिवर्तनको मनस्थित ज्यादै न्यून, शिक्षा र राजनीतिक चेतना कम भएका दुर्गम गाउका जनतालाई फरक पार्टीमा मतदान गराउन निकै ठूलो चुनौतिको सामाना हो ।


निवर्तमान उपाध्यक्ष राईको वडा भएकै कारण नेकपा कम्युनिष्ट पार्टीले वडा जित्छ होला भन्ने आकलन विरलै थियो ।

चुनावी प्रचारमा समेत सामान्य रुपले मतदाताको घरदैलोमा पुगेका जितेन राई, समर्थकहरूको पनि खासै तडकभडक थिएन ।
सामान्य तबरको शुरुवाती दिगो र नतिजामुखी हुन्छ भन्ने कुरा जितेन राईको चुनावी नतिजाले प्रमाणित गरेको छ ।

खासगरि नेपाली कांग्रेसका स्थानीय उम्मेद्धरहरू आपसी द्धन्दको कारण एकआपसमा भिड्न थालेपछि कतिपय मतदाताहरू नेकपा एमालेतिर धल्केका हुन भने कतिपय कांग्रेसका पक्षधरले हालसम्म कुनै नतिजामुखी काम गर्न नसकेको धेरै मतदाताहरूले विकल्पमा जितेन राईलाई मतदान गरेर विजय गराएकाछन ।

. . . . . . .  . . . . . . . . . . . . . . .  .  . . . . . . .  . . . . . . . . . . . . . . .  .

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा हामीलाई पठाउनुहोला ।

हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं । सम्पादक ।

मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।

Email:     everestnews@outlook.com

              evtelevison@outlook.com 

Ph: 01 5550662, Cel:  98088 94906, 98510 97929

गीत-सङ्गीत र कलाकारिताको लागि

nepaliculture@mail.com

Website:

Television:  https://everesthd.tv

Online News: https://everestnewsnepal.com

. .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . .

एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, अडियो तथा भिडियो लिंक . . .

हाम्रो च्यानललाई सब्स्क्राइब, शेयर अनि बेल आइकोमा थिच्नु होला धन्यवाद  !

About Everest News 760 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*