पार्टीको कारवाहीमा परेर स्वतन्त्र बनेको उम्मेद्धर भारीमतले पालिका अध्यक्षमा विजय

जेठ २ । मानेभञ्ज्याङ गाउपालिका ओखलढुङ्गामा स्वतन्त्र उम्मेद्धर ज्ञनेन्द्र रुम्दाली भारि मतले विजय हासिल गरेको छ ।

लामो समयदेखि कांग्रेस पार्टीमा अबद्ध रुम्दाली गत २०७४ सालको प्रदेश सभा चुनावमा ओखलढुङ्गा ख मा बागी उम्मेद्धर बनेर कांग्रेसको प्रत्यसी प्रदेश सभासद उम्मेद्धर प्रदिप सुनुवारले हारेको कारण नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यसमितिले कारबाही गरेको रुम्दालीको फुकुवा नभएको कारण स्वतन्त्र उम्मेद्धर बनेको हो ।

रामहरी खतिवडा – केन्द्रीय सदस्य , नेपाली कांग्रेस

रुम्दालीलाई उम्मेद्धर बनाउन र जिताउन नेपाली कांग्रेसको केन्द्रीय सदस्य, नेता रामहरी खतिवडाको ठुलो हात रहेको छ ।

अध्यक्षको दावेदार गर्दै आएका पूर्व उपाध्यक्ष सविता राईलाई कांग्रेस पार्टीको आधिकारीक उम्मेद्धर हुनबाट बञ्चित गर्दै खतिवडाले रुम्दालीलाई अगाडि बढाएको बताइन्छ ।

कांग्रेसले नै कारबाही गरेको रुम्दालीलाई सोही पार्टीको मतदाताको समर्थनले ५ हजार २१ मत प्राप्त गरि निकट प्रतिद्धन्दी जसपासंग गठबन्धन गरि नेकपा एमालेबाट उम्मेद्धर बनेको रुपलाल तामाङलाई १ हजार २ सय ६ मत अन्तरले पराजित गरेका छन् ।  तामाङले ३ हजार ८ सय १५ मत प्राप्त गरेको छ ।

यस्तै गरि उपाध्यक्ष पदमा आश्रचन राई निर्वाचित भएकाछन । नेपाली कांग्रेसको जिल्ला अधिवेशनबाट ओखलढुङ्गा क्षेत्र नं ख को सभापतिमा निर्वाचित भएको राई स्थानीय तहमा पनि उपाध्यक्षमा विजय हुन दुबै हातमा लड्डु परेको छ ।

राईले ४ हजार ७ सय ५० मत प्राप्तगरि निकट प्रतिद्धन्दी  नेकपा एमालेबाट तालमेल गरि जसपाबाट उपाध्यक्ष उम्मेद्धर बनेका दीपेन्द्र रुम्दालीलाई २ हजार १ सय ७३ मत अन्तर पराजित गरेको हो । रुम्दालीले रुम्दालीले २ हजार ५ सय ७७ मत प्राप्त गरेको छ ।

नेकपा माओवादी केन्द्रबाट उपाध्यक्षको प्रत्यासी उम्मेद्धर चम्पा राईले भने थोरै मत मात्रै प्राप्त गरेको छ ।

चम्पा राई मानेभञ्ज्याङ गाउपालिकाको उपाध्यक्ष पदमा उम्मेद्धर बनेका एक जना मात्रै महिला उम्मेद्धर हुन । गठबन्धनको कारण अध्यक्ष र उपाध्यक्ष फरक फरक पार्टीबाट उम्मेद्धरी बनाउदै महिला उम्मेद्धर विहीन बनेको गाउपालिकाको एक मात्रै महिला उम्मेद्धरलाई मतदाताले खासै विस्वास गर्न सकेनन् ।

माआवादी केन्द्रका पराजित राई चम्पा राई र अध्यक्ष पराजित युवराज राई दोहोरिएका उम्मेद्धरहरू हुन ।

गत २०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका विजेता अध्यक्ष मतिराज राई एक कार्यकालमै चित्ता बुझाएकाछन भने उपाध्यक्ष सविता राई अध्यक्षको आधिकारिक उम्मेद्धर बन्न नपाएपछि सन्तोष मानेकीछिन ।

वडा तर्फको निर्वाचनमा ७ वडामा नेपाली कांग्रेसले बाजी मार्यो भने २ (३ र ९)वडामा नेकपा एमालेले  विजय हासिल गरेको छ ।

२०७४ सालको निर्वाचनमा नेकपा एमाले जित हासिल गरेको वडा नं २ वाक्सामा यस पटक अत्याधिक बहुमतको साथ नेपाली कांग्रेसका उम्मेद्धर राममणी राईले गुमेको मणी फिर्काएकाछन ।

 यसैगरि वडा ३ केत्तुकेमा पनि कांग्रेसकै उम्मेद्धर विष्णु तामाङले बाजी मारेको छ । गत २०७४ को स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मदेद्धर सन्त तामाङ बिजेता बनेको थियो ।

स्थानीय तहको पहिलो जनप्रतिनिध निर्वाचनमा बाम विचारधारका जनप्रतिनिधिको कार्यसम्पादन हेर्न लालयीत मतदाताहरूलाई कम्युनिष्ट जनप्रतिनिधिहरू सन्तोषजनकको सेवादायी बन्न सकेनन् ।  

वडा नं १ मोलीका कांग्रेस उम्मेद्धर राजकुमार रुम्दालीले बोहोनी गरेको विजयले गत निर्वाचनमा गुमेका वडाहरू वाक्सा र केत्तुकेलाई समेत उल्टाएको छ ।

वडा नं ३ उबूमा भने कांग्रेसका स्थानीय तहका असक्षम उम्मेद्धरहरू तथा अवसरवादी कार्यकर्ताको कारण मतदाताहरूले खुलेरै विरोध मात्रै गरेनन् आजित बनेका मतदाताले यसपटक नेकपा एमालेका उम्मेद्धर जितेन राई मुक्काचोलाई विजय गराएकाछन ।

यसैगरि वडा नं ५ मा कांग्रेसको प्रत्यासी उम्मेद्धर रामकुमार राईलाई विजय गराएकाछन ।

पहिलो कार्यकालले मतदातालाई रिझाएका राई निकै मिजासिलो जनप्रतिनिधि मान्छन ।

वडा नं ६ थाक्लेमा भने हिलोपानको हेमराज राईले बाजी मारेकाछन । थाक्ले नेपाली कांग्रेस पार्टीको केन्द्रीय सदस्य तथा नेता रामहरी खतिवडाको स्थायी घर रहेको वडा हो ।

यस्तै गरि वडा नं ७ टोक्सेलमा काग्रेसको विष्णु प्रसाद गौतम, वडा ८ राघवपुरमा भिमबहादुर बलाम्पाखी मगर विजयी भए, भने वडा नं ९ माधवपुरमा भने नेकपा एमालेका पूर्णबहादुर मगरले बाजी मारेकाछन ।

. . . . . . .  . . . . . . . . . . . . . . .  .  . . . . . . .  . . . . . . . . . . . . . . .  .

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा हामीलाई पठाउनुहोला ।

हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं । सम्पादक ।

मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।

Email:     everestnews@outlook.com

              evtelevison@outlook.com 

Ph: 01 5550662, Cel:  98088 94906, 98510 97929

गीत-सङ्गीत र कलाकारिताको लागि

nepaliculture@mail.com

Website:

Television:  https://everesthd.tv

Online News: https://everestnewsnepal.com

. .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . .

एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, अडियो तथा भिडियो लिंक . . .

हाम्रो च्यानललाई सब्स्क्राइब, शेयर अनि बेल आइकोमा थिच्नु होला धन्यवाद  !

About Everest News 775 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*