जेठ १३, शुक्रबार। काठमाडौं । हरेक अन्तर्वार्ता र भेटमा गायक राजेशपायल राईलाई बिहेको प्रश्नले पछ्याइरहन्छ । उनी प्रश्नबाट भाग्न खोज्छन् वा समय आएपछि बिहे हुने रेडिमेड जवाफ त दिन्छन् ।
तर पछ्याउनु प्रश्नको विशेषता नै हो । यतिबेला भने राजेशपायल राईको रिलेसनसिपलाई लिएर मनोरञ्जन वृत्तमा चर्चा छ । उनी केही महिनायता एक युवतीसँग ‘गम्भीर सम्बन्ध’मा छन् ।
सङबुङ राई नामकी ती युवती र राजेशपायलबीच डेटिङ चलिरहेको तथा चाँडै विवाहको औपचारिक घोषणा हुने तयारीमा रहेको निकट स्रोतले जनाएको छ । ‘उनीहरु जतिसक्दो चाँडो बिहे टुंगो लगाउने तयारीमा छन्,’ स्रोतले भन्यो, ‘बिहेको प्राविधिक तयारी भइरहेको छ ।’
प्राप्त तस्वीरमा उनीहरु जन्मदिन मनाउनेदेखि विशेष समारोहमा एकसाथ देखिंदै आएको देखिन्छ । ४७ वर्षीय राजेशपायल र उनकी प्रेमिका एक वर्षदेखि लिभिङ टुगेदरमा रहेको पनि चर्चा छ । सङबुङ राजेशपायलभन्दा आधा उमेरले कान्छी छिन् ।
सन् १९९५ मा पहिलोपटक रीमा रेकर्डिङको एल्बम ‘मुर्छना’बाट सांगीतिक करिअर थालेका राजेशपायलका थुप्रै गीत चर्चित छन् । पाश्र्व गायनमा समेत रुचाइएका उनले सयभन्दा बढी फिल्ममा गीत गाएका छन् । यो समाचार अनलाइन खबरमा प्रकाशित छ ।
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
तपाईसँगसमसामयिकसन्दर्भमाकुनैलेख\रचना, समाचार, प्रेसनोटहरु, सल्लाह, सुझावरप्रतिक्रियाभएमाहामीलाईपठाउनुहोला।
हामीसम्भवभएसम्मधन्यवादसहितप्रकाशनगर्नेछौं।सम्पादक।
मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।
Email: everestnews@outlook.com
evtelevison@outlook.com
Ph: 01 5550662, Cel: 98088 94906, 98510 97929
गीत-सङ्गीत र कलाकारिताको लागि
nepaliculture@mail.com
Website:
Television: https://everesthd.tv
Online News: https://everestnewsnepal.com
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र,
अडियो तथा भिडियो लिंक . . .
हाम्रो च्यानललाई सब्स्क्राइब, शेयर अनि बेल आइकोमा थिच्नु होला धन्यवाद !
Leave a Reply