जेठ-२५ , काठमाण्डौँ ।
लामो समयदेखि आन्दोलनरत भूतपूर्वसिङ्गापुर प्रहरीले आन्दोलनलाई थप उचाइमा पुराउन दोस्रो चरणको आन्दोलन सार्वजानिक गरेकाछन ।
लिसारा रेष्टुरेन्ट नक्सालमा पत्रकार सम्मेलन गर्दै विगेसो सल्लाहकार मानशास्त्री प्राध्यपक डा. ओम गुरुङले नेपाल सरकार, मानवअधिकार, राजनितकदललाई सिङ्गापुर प्रहारीमाथिको असमानता र विभेदबारे कसैलाई पनि जानकार नहुनु नागरिक माथिमा अपहेलना मात्रै होइन, नेपालीहरूको दुर्भाग्य भएको बताउनु भयो ।
यस घटनाबारे जानकार गराउदा नेपालको जिम्मेदार निकाय चकित मात्र होइन, सार्वभौमसत्ता सम्पन्न मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्रीले सिङ्गापुरसंग वार्त गर्ने अनुदार देखाएको प्रति प्राध्यपक गुरुङ नेपाल सरकार लाचार भएको समेत बताउनु भयो ।
परराष्ट्रवीद् हिरण्यलाल श्रेष्ठले पनि नेपालीलाई व्रिटिस सरकारले पुनर्विक्री समानको रुपमा वेचविखन गर्नु ठुलो अन्याय भएको बताउनु भयो ।
बेलायतको उच्च अदालतले १९४७ मा भएको त्रीपक्षीय सन्धीलाई पुनर्वलोकन गर्नुपर्ने फैसला गरेपनि यसबारे नेपाल सरकार बेखबर रहेको परराष्ट्रविद् श्रेष्ठले बताउनु भयो ।
विसोका सभपति पदमसुन्दर लिम्बुले हाम्रो आन्दोलनको कारण बेलायतले हाल ८० प्रतिशत माग सम्बोधन गरिसकेका र सिङ्गापुरमा कार्यरत तथा भूपुहरूमाथिको विभेद झन चरम विभेद भएकोले तत्कालै सम्बोधन नगरि धर नपाउने बताउनु भयो ।
पत्रकार सम्मेलनमा विगेसो सिङ्गापुर विभाग प्रमुख पल मगरले दोस्रो चरणको आन्दोलनबारे बँुदागत रुपमा बाचन गर्नु भयो ।
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेसनोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा हामीलाई पठाउनु होला।
हामी सम्भव भएसम्म धन्यवाद सहित प्रकाशन गर्नेछौं – सम्पादक ।
मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।
Email: everestnews@outlook.com
evtelevison@outlook.com
Ph: 01 5550662, Cel: 98088 94906, 98510 97929
गीत-सङ्गीत र कलाकारिताको लागि
nepaliculture@mail.com
Website:
Television: https://everesthd.tv
Online News: https://everestnewsnepal.com
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, अडियो तथा भिडियो लिंक . . .
हाम्रो च्यानललाई सब्स्क्राइब, शेयर अनि बेल आइकोमा थिच्नु होला धन्यवाद !
Leave a Reply