प्रशारण लाइनमा मान्छे हिडेपछि विद्युतप्राधिकरणलाई ७० लाख घाटा

जेठ – २८ । विजुली प्रशारण लाइनमा एक व्यक्ति चढेपछि माथिल्लो त्रिशुली थ्री ए र केही साना जलविद्युत आयोजनाको उत्पादन बन्द गरिएको छ ।

शनिबार विहान ११ः३० बजेबाट प्रशारण बन्द गरिएको माथिल्लो त्रिशूली थ्री ए का सहायक प्लान्ट प्रमुख विजयकुमार मिश्रले बताउनु भयो ।

नुवाकोटको शान्ति बजारमा रहेको माथिल्लो त्रिशुली थ्री ए उत्पादन गृहबाट काठमाडौं लगिएको २२० केभीको प्रसारण लाइनको पोल रहेको ककनी गाउँपालिका–७ बुधेनीमा मानसिक सन्तुलन गुमाएका माइला विक चढेपछि उत्पादन बन्द गर्नु परेको सहायक प्लान्ट प्रमुख मिश्रले जानकारी दिए ।

मानसिक रोगी विक विहान घरपरिवारलाई खुकुरी देखाउदै झगडा गरेपछि गएर विजुलीको पोलमा चढेको बताइएको छ ।
पोलमा चढेको गाउलेले देखेपछि फलाइफुकाइ गरेर केही तल झरेपनि पुन चढेपछि प्रशारण लाइनको तारमा हिडेको थिए । स्थानीयबासी, प्रशासन, प्रहरी कसैले उद्धार गर्न नसकेपनि सेनाको हेलिकप्टरबाट विकलाई सकुशल उद्धार गरिएको छ ।

बेल्कोटगढी नगरपालिका–१३ घलेगाउँका ४४ वर्षीय माइला विक केही समयदेखि मानसिक सन्तुलन गुमाएको व्यक्ति हुन ।

६० मेगावाटको फूलफेजमा उत्पादन भइरहेको विजुली बन्द गर्नु पर्दा करिब ७० लाख घाटा भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

. . . . . .  . . . . . . . . . . . . . . .  .  . . . . . . .  . . . . . . . . . . . . . . .  .

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेसनोटहरु, सल्लाह, सुझाव प्रतिक्रिया भएमा हामीलाई पठाउनु होला

हामी सम्भव भएसम्म धन्यवाद सहित प्रकाशन गर्नेछौंसम्पादक

मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।

Email:     everestnews@outlook.com

              evtelevison@outlook.com 

Ph: 01 5550662, Cel:  98088 94906, 98510 97929

गीत-सङ्गीत र कलाकारिताको लागि

nepaliculture@mail.com

Website:

Television:  https://everesthd.tv

Online News: https://everestnewsnepal.com

. .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . .

एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, अडियो तथा भिडियो लिंक . .

हाम्रो च्यानललाई सब्स्क्राइब, शेयर अनि बेल आइकोमा थिच्नु होला धन्यवाद  !

About Everest News 760 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*