ई.शा को ७ औ शताब्दिमा किरात याक्थुङ लाजेमा तिब्बतको सिचुवान भ्याली हुदै तिब्बत तिर बाट आएका आठ सरदार र किरात याक्थुङ लाजेको दश सरदारहरु बिचको युद्धमा धनु विध्याको शक्तीद्वारा (लि) को अर्थ धनु (आबु)को अर्थ हान्ने अर्थात धनुवाणले हानेर दश सरदारहरुले जितेको देशलाई लिम्बुवान नामकरण गर्नुपर्छ भन्ने प्रस्ताव युद्ध पछि पारीत गरेको लिम्बु शब्दको नामकरण भएको भनेर तत्कालिन विजयपुरको संक्षिप्त ईतिहासमा लेखीएको कुरालाई तार्किक एवम तथ्यपरक अध्ययन गहन अध्ययन नगरी नै केहि ईतिहासविदहरुले अन्धाधुन्ध अङ्गिकार गर्दै ऐतिहासिक तथ्यलाई बिगार्न लागीपरेको छर्लङ्गै देखिएको छ।
मौलिक किराती याक्थुङ मुन्धुम अनुसार किरात देश फक्तालुङ हिमालको फेद पारुङतेम्बेमा किराती याक्थुङहरुको उत्पत्ती भई भई जनसंख्या वृद्धि भई उत्तर चीन तिब्बत पुगेका किरात सन्ततीहरु मध्ये नवौ शताब्दिमा उवाहाङ सरदारको नेतृत्वमा एक समुह याक्थुङलाजेमा प्रवेश गरी आफनो सजातीय किरातजनहरुसंग सम्मिलित भई बसेको छन।
के हो ? युमा धर्म ?
युमा भनेको किरात याक्थुम्बा हरुको सर्वोपरी ईष्टदेवता नै युमा साम्माङ हुन भन्ने निर्विवाद विषय हो।साच्चै कुरा गर्ने हो भने युमा साम्माङ नमान्ने त संसारमा कुनैपनि किरात धर्मालम्बी याक्थुम्बा नै हुदैन जस्तो लाग्छ।
उत्तर तर्फ लागेका किरातका सन्ततीहरु मध्ये ईशाको ९ नवौ शताब्दिमा उवाहाङ नामक सरदार आफनो पुर्वजहरुको उत्पत्तीस्थल किरात देश याक्थुङलाजेमा प्रवेश गर्दा आफनो ईष्टदेवी युमा साम्माङ लाई पनि साथै ल्याएको कुरा ईमानसिंह चेम्जोङद्वारा लिखित किरात मुन्धुम र किरात ईतिहास र संस्कृति पुस्तकहरुमा प्रष्ट वर्णन गरीएको छ।याक्थुङलाजेमा भित्राए पछि पहिले चेम्फुजोङ्मा त्यसपछि यासोकजोङ्मा युमासाम्माङ लाई प्रतिस्थापन गरीएको हो।
यसभन्दा अघि याक्थुङलाजेको किरात याक्थुङ जातीमा युमा साम्माङ शब्द अपरीचित मात्र होईन कि युमा साम्माङ अवधारणा नै थिएन।किरात याक्थुङ समाजमा धार्मिक अवधारणाको विकास भएपछि मात्र तागेरा निङवाफुमाङको अवधारणाको विकास भएको हो।सर्वप्रथम पहिलोपटक कुसङ्सासाम्माङ अर्थात नयाँ देवताको रुपमा युमा साम्माङ लाई पुज्न थाले पछि आजसम्म पनि युमा साम्माङ ए हेनारो! सेवारो ! भनेर फलाक्छन। यो कथनबाट याक्थुङलाजेमा धेरै पछि मात्र भित्रिएको नयाँ देवता युमा साम्माङ हुन भन्ने प्रष्ट भयो।किरात याक्थुङ वंशले आफुहरुले मानेर आएको अन्य कुनै पनि देवी देवताहरुलाई कुसङसाम्माङ नयाँ देवता भनी पुकार्दैनन।
मौलिक याक्थुङ मुन्धुम अनुसार किरात धर्म मानिने याक्थुङ जातीमा युमा साम्माङ लाई सर्वोपरी स्थानमा राखी पुजिने परम्परा याक्थुङ जातीमा हुदाँहुदै युमा धर्म छुट्टै हो भने कसैले मान्छ भने त्यो उसको खुशीको कुरा हो।विभिन्न धर्महरुमा अनगिन्ती सम्प्रादयहरु भए पनि आफनो धर्मको परीचय दिदा त मुल घर्मकै नाम लिन्छन।जस्तै:-हिन्दु धर्म अन्तर्गत:-शाक्त/वैष्णव/कृष्णप्रणामी/अवदेतवादि आदि कयौ लगायतले आफनो मुल धर्मको परीचय दिदा हिन्दु नै भन्दछन।हिनयान/महायान/बज्रयान/सम्प्रदायका बौद्ध धर्मावलम्बीहरुको आफनो मुल धर्मको परीचय दिदा बौद्ध धर्म नै भन्दछन।
मुसलमानहरुको ईश्लाम धर्मका सिया र सुन्नी सम्प्रदायले आफनो मुलधर्मको परीचय दिदा ईश्लाम धर्म नै भन्दछन भने किरात धर्म अन्तर्गत मौलिक याक्थुङ मुन्धुम अन्तरगतका मौलिक किरात धर्मावलम्बी याक्थुम्बाहरु र किरात धर्म अन्तर्गतको सत्यहाङमा पन्थी र किरात धर्म अन्तर्गतको युमा धर्मालम्बी सम्प्रदायले आफनो धर्मको परीचय दिदा किरात धर्म नै भन्नु पर्ने हुन्छ।यसमा कुनै आपत्ती जनाऊनु पर्ने कुरा म देख्दिन।किरात धर्म अन्तर्गत युमा पर्दैन भनेर लिढे ढिप्पि गर्नेहरुको लागी चाहि हाम्रो भन्नु केहि छैन।आफनो पुर्खाले परम्परा अनुसार सर्वोपरी मानेर आफनो ईष्टदेवी देवताको रुपमा पुजी आएको देवताको नामबाट धर्मको नामकरण गर्ने हो भने पहिलो पटक
१) मावोहाङ चेमजोङको परीवारमा प्रकट भएकी नाताले चेम्जोङले (युमा धर्म),
२)हेम्बया थरका याक्थुम्बाले ईष्ट देवता मानिल्याएको (सवा सम्माङ)को नामबाट (सवा धर्म),
३)नेम्बाङ थरका याक्थुम्बाले सर्वोपरी मानि आएको थेबा सम्माङ भएकोले (थेबा धर्म),
४)मादेनछङ थरका याक्थुम्बाले सर्वोपरी मानिआएको दुङदुङे ईष्टदेवताको नामबाट (दुङदुङ्गे धर्म,)
५) कन्दङ्बा थरका थाक्थुम्बाले आफनो ईष्ट देवता मानिआएको कापोब्बा हिम्साम्माङको नामबाट (हिम-सम्माङ धर्म) यसरी नै आ-आफनै छुटाछुटै धर्म बनाऊदै गयौ भने किरात याक्थुम्बाहरु बिचमै सहर्ष धर्म कायम भई हामी आपुङ्गी चरीत्र अङ्गाल्ने याक्थुम्बाहरु एकताबाट अनेकतामा धकेलिन्छौ कि धकेलिन्दैनौ ?भविष्यमा आईपर्ने खतराहरुलाई समेत सोचेर मात्र होसीयारीका साथ कदम चाल्न सम्पुर्ण किरात याक्थुम्बाहरुलाई विनम्र अनुरोध गर्दछु ।
किरात याक्थुङ जातीको उत्पत्ती बारे मौलिक याक्थुङ मुन्धुम र ऐतिहासिक तथ्यको ख्यालै नगरी सिक्किमको लिम्बुहरुले लिम्बुको धर्म युमा धर्म र लिपि चाहि लिम्बु लिपि लेखे भन्दैमा सार्वभौम सम्पन्न स्वतन्त्र राष्ट्र नेपालको किरात याक्थुम्बाहरुले सोहि कुरा मान्नै पर्छ भन्ने छैन।
यस पुस्तकमा लेखक मञ्जुल याक्थुम्बा ज्युले किरात धर्म अन्तर्गतको याक्थुम्बाहरुको चर्किदो बहसले समग्र किरात याक्थुम्बा लिम्बु समुदायको अस्तित्व समाप्त हुने विश्लेषण गर्नु भएको छ। कुनै पक्ष विपक्षमा नभई समग्र किरात याक्थुम्बा लिम्बुहरुको अस्तित्व जोगाऊन मौलिक संस्कृति युमा साम्यो मानेपनि,सत्यहाङमा पन्थी मानेपनि सबैले मुलधर्मको रुपमा हामीले किरात धर्म स्वीकार गरेर सबैभन्दा प्राचीन सभ्यता किरात र ईतिहासलाई नै अंगीकार गरेर जानुपर्ने जोड दिएका छन।
यो पुस्तक एकपटक सबै किरात याक्थुङ लिम्बुहरुले र समग्र किरातीहरुले अध्ययन गर्नै पर्ने निकै महत्वपुर्ण पुस्तक तार्किक विचारहरु तथ्य र वैज्ञानिक तथ्यगत आधारहरु समेटिएको पुस्तक रहेछ।
मुलघरे कान्छा
Leave a Reply