सामुहिक आत्महत्या

कचनकवल गाउँपालिका वडा नं ५ पाठामारीका तीन किशोरीले एउटै रुखमा झुन्डिएर सामूहिक आत्महत्या गरेका छन् ।

पाठामारीको देल्लेगाउँस्थित सुनकोशी चिया बगानमा झिङ खोलाको किनारमा रहेको बयरको रुखमा झुन्डिएर स्थानीय तीन किशोरीहरुले सामूहिक आत्महत्या गरेका हुन् ।
यसरी आत्महत्या गर्नेहरुमा १६ र १७ वर्षका किशोरीहरु रहेका छन् । पंचम गणेशकी १६ वर्षिया छोरी करिना , पुवालु गणेशकी १७ वर्षिया छोरी अन्जली र वीरवल गणेशकी १६ वर्षिया छोरी कल्पना आज विहान ७.३० बजे झुन्डिएको अबस्थामा फेला परेको गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले जानकारी दिए । उनीहरु हिजो दिउँसोदेखि हराएका थिए । दुईजना एउटै हाँगामा र अर्की अर्को हाँगामा झुन्डिएको अबस्थामा फेला परेका हुन् ।
उपाध्यक्ष भट्टराईका अनुसार एकजनाले गाई बाँध्ने दाम्लो , अर्कीले प्लाष्टिकको डोरी र अर्कीले गम्छा प्रयोग गरेका छन् । ती तीनैजना किशोरीहरु चिया बगानमा काम गर्ने गरेका थिए । यसरी ती तीनैजनाले सामूहिक आत्महत्या गर्नुको कारण थाहा हुन नसकेको उपाध्यक्ष भट्टराईले जानकारी दिए । घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए । यो समाचार रेडियो झापामा उल्लेख छ ।

About Everest News 759 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*