गायिका मनु नेम्बाङलाई अष्ट्रेलियन मन्त्रीको साथ


लोकप्रिय गायिका मनु नेम्बाङ साङ्गीतिक कार्यक्रममको लागि अष्ट्रेलिया पुगेकीछिन ।

अधिकांश युरोपको बेल्जियम, स्वीजरल्याण्ड, जर्मन, बेलायत र दक्षिण कोरिया मुलुकहरूमा साङ्गीतिक कार्यक्रम पस्कने गायिका नेम्बाङ यस पटक फरक गन्तव्यमा बेग्लै प्रस्तुति पस्कने बताइन ।

२८ औँ विश्व आदिवासी दिवसको अबसरमा नेपाली आदिवासी जनजाति मञ्च, अष्ट्रेलिया तथा किरात याक्थुङ चुम्लुङ, अष्ट्रेलियाको निमन्त्रणामा कार्यक्रम स्थल पुगेको गायिका नेम्बाङले बताइन ।


सिङ्गपुर एयरलाइन्सबाट तामाङसेलो गीतबाट ख्यति प्राप्त गायक फुलकुमार बमजनसङ्गै अष्ट्रेलिया पुगेको बताइन ।

अस्ट्रेलियन आदिवासी मन्त्री लिन्डा बर्नीको प्रमुख आतिथ्यता मेरिकबल, सिड्नीमा अगस्ट ६ मा बहुसास्कृतिक बृहत कार्यक्रम आयोजना गरिएको नेपाली आदिवासी जनजाति मञ्चको अध्यक्ष अरुणकुमार तामाङले बताउनु भयो ।

विश्व आदिवासी दिवस बहुसास्कृतिक हुने र नेपालबाट आएका कलाकारद्धय नेम्बाङ र बम्जनको साथमा अस्ट्रेलियमा रहेको नेपाली कलाकारहरूको पनि बजेड प्रस्तुति रहनेछ ।

सिड्नीस्थित मेरिकभिल टाउन हल (Marrickville Town Hall) मा अगस्ट ६ तारिख बेलुकी पाँच बजेदेखि शुरु हुने कार्यक्रम सबैको लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइने किरात याक्थुङ चुम्लुङ, अष्ट्रेलियाको अध्यक्ष शशी सुब्बाले बताउनु भयो ।

यसैगरि अगस्ट १३ मा किरात याक्थुङ चुम्लुङ, अष्ट्रेलियाको बार्षिक सभामा गायिका नेम्बाङको बजेड प्रस्तुति रहनेछ ।


यस बाहेकको कार्यक्रम तालिका बन्दै मात्र गरेको र तत्काललाई आदिवासी दिवस अति भव्यताको साथ मनाउने मनसायले सबै जना व्यस्त भएर थप तालिका मिलाउन बाकी रहेको कार्यक्रम आयोजक तथा किरात याक्थुङ चुम्लुङ, अष्ट्रेलियाको सचिव राम लिम्बुले बताउनु भयो ।

अष्ट्रेलिया आइपुग्नुमा चुम्लुङ सचिव राम लिम्बु र संस्थाको ठुलो देन रहेको गायिका नेम्बाङले बताइन ।

. . . . .  . . . . . . . . . . . . . . .  .  . . . . . . .  . . . . . . . . . . . . . . .  .

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेसनोटहरु, सल्लाह, सुझाव प्रतिक्रिया भएमा हामीलाई पठाउनु होला

हामी सम्भव भएसम्म धन्यवाद सहित प्रकाशन गर्नेछौंसम्पादक

मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।

Email:     everestnews@outlook.com

              evtelevison@outlook.com 

Ph: 01 5550662, Cel:  98088 94906, 98510 97929

गीत-सङ्गीत र कलाकारिताको लागि

nepaliculture@mail.com

Website:

Television:  https://everesthd.tv

Online News: https://everestnewsnepal.com

. .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . .

एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, अडियो तथा भिडियो लिंक . .

हावा सरसर

https://youtu.be/CMJqX9x3mB0

About Everest News 760 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*