शिक्षकको यातनाले १४ वर्षीया विद्यार्थीले गरे आत्महत्या

साउन २६, काठमाण्डौँ ।

समता शिक्षा निकेतन, ग्वार्को ललितपुरमा कक्षा ७ मा अध्ययनरत १४ वर्षीय कुशल बराइलीले गत २४ गते मंगलबार कोठामा नै झुण्डिएर आत्माहत्या गरेकाछन ।

शुरुमा आत्महत्याको कारण थाहा नभएको तर छोराको दाहसस्कार गेरिसकेपछि मात्रै उनको साथीहरूले सामाजिक सञ्जाल मार्फत थाहा पाएपछि विद्यालयले मानसिक तथा शारिरिक यातना दिएकोले छोराले आत्महत्या गर्न बाध्य भएको खबर आफुले थाहा पाउदा भावविह्ल माथि स्तब्ध भएको मृतक बुबा कुमार बराइलीले बताउनु भयो।

स्थायी घर उदयपुर जिल्ला, कटारी नगरपालिक वडा नं ६ रिस्कु आँपटारका बराइली लामो समयदेखि महालक्ष्मि नगरपालिका वडा १४ इमाडोल, ललितपुरमा बस्दै आएको र नाबालक छोरा कुशललाई समता शिक्षा निकेतन विद्यालय ग्वार्कोमा पढाएकोमा यस्तो दुःख घटना विद्यालयले घटाएको भन्दै धरधरी रुनु भयो ।

मृतकको अभिभावक

नजान्ने भएकै कारण जान्ने विद्धत्व वर्गमा पठाएको उहाहरूले नै कुटपिट तथा मानसिक यातना दिएर यस्तो अबस्थामा पुराएकोमा न्यायको लागि प्रहरी प्रशासनमा पुगेको समेत बताउनु भयो ।

कुटपिट गर्ने शिक्षाक तथा तथा विद्यालय प्रशासनको नाममा महानगरिय प्रहरी वृत्त सातदोबाटोमा उजुरी दिएको बताउनु भयो ।

निकेतनका विद्यालय प्रशासक विनोद नेपाल सो घटनाबारे आफुलाई केही जानकारी नभएको बताउनु भयो ।

विद्यालय प्रशासक विनोद नेपाल

नया भवन बन्दै गरेकोले सो कार्यमा व्यस्त भएकोले यसबारे आज मात्रै मृतकको बुबा मार्फत सो घटना जानकारी भएको बताउनु भयो ।

विद्यालयको प्रिन्सिपल रामकृष्ण भण्डारीले विद्यार्थीलाई कुनै यातना नदिएको बताउनु भयो ।

नाम गोप्य राख्ने सर्तमा प्रत्याक्षदर्शी विद्यार्थीहरूले मृतक बराइलीलाई परिक्षा समयमा केही ढिलो आएकोमा भिजन खड्का सरले आफ्नै अगाडि झापड हानेर फर्काएको बताउनु भयो ।

प्रत्यक्षदर्शी विद्यार्थीहरू

कक्षा ६ बाट कक्षा ७ मा चिट चोरेर पास गरेकोले यस पटकको परिक्षा तिमी मात्रै छुट्टै मसंग बसेर परिक्षा दिनु पर्छ भनेकोले सोही डरले आत्महत्या मृतकको सहपाठी विद्यार्थीहरूले बताए ।

विद्यार्थीले कही गल्ति गर्यो कि कम्युटर कोठामा बोलाएर यातन दिने गरेको समेत बताए ।

नाम गोप्य राख्ने सर्तमा विद्यालयको पछाडी काम गर्ने एक मजदुरले समते विद्यार्थीहरूलाई कुटपिट गरेको सुन्ने गरेको बताउनु भयो ।

प्रत्यक्षदर्शी सुमन गतानी

विद्यालय बासको भएकोले कतिपय अबस्थामा कुटपिट गरेको सुनेपछि हामीले चिहाएर हेरेको र विद्यार्थीलाई कुटपिट गरेको देखेको समेत बताउनु भयो ।

समता निकेतनमा हाल प्रथम चरणको विद्यालयको आन्तरिक परिक्षा चलिरहेको भएपनि नाबालक विद्यार्थी बराइलीको आत्महत्याको घटनाले केही दिनको लागि विद्यालय बन्द भएको छ ।

विद्यालय अचानक बन्द भएपछि सुचना नै नपाएको विद्यार्थीहरू तथा अभिभावक विद्यालय आउदै फर्कदै गरेको छ ।

. . . . .  . . . . . . . . . . . . . . .  .  . . . . . . .  . . . . . . . . . . . . . . .  .

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेसनोटहरु, सल्लाह, सुझाव प्रतिक्रिया भएमा हामीलाई पठाउनु होला

हामी सम्भव भएसम्म धन्यवाद सहित प्रकाशन गर्नेछौंसम्पादक

मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।

Email:     everestnews@outlook.com

              evtelevison@outlook.com 

Ph: 01 5550662, Cel:  98088 94906, 98510 97929

गीत-सङ्गीत र कलाकारिताको लागि

nepaliculture@mail.com

Website:

Television:  https://everesthd.tv

Online News: https://everestnewsnepal.com

. .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . .

एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, अडियो तथा भिडियो लिंक . . .

About Everest News 759 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*