२०२९ सालमा राजा वीरेन्द्रको धनकुटा भ्रमण हुदा एउटा घटना घटेको चर्चा हामीले सुनेका थियौं। त्यसवेला राष्ट्रिय बाणिज्य बैंक तल्लो कोप्चेमा थियो। पछि बिचबजार पूर्णलाल पल्टनको घरमा सरेको थियो। बाणिज्य बैंकको सुरक्षा त्यसवेला शाही नेपाली सैनाले गर्दथ्यो। राती दश बजे पछि र बिहान चार बजे अघि बैंक अगाडिबाट हिड्न सेनाले दिदैन थ्यो ।
रातको दुई बजे राजा वीरेन्द्र आफ्ना अङ्ग रक्षक मात्र लिएर निस्कदै त्यही बैंकको बाटो आएछन। राजालाई सैनिक जवान गार्डले भनेछ हर्ट जानपाइदैन। युनिफफममा भएको एबीसीले भनेछ चिनिनस् सरकार लाई ? गाडले भनेछ हजुर म यसबेला ड्युटीमा छु। मलाई त आदेश चाहिन्छ।
राजाले चार बजेसम्म पर्खने कुरा गरे पछी अरु बोलेनन। चार बज्यो। राजा कैद मुक्त भए! राजा फर्किएपछि त्यो सुरक्षा टोली पनि कारबाही जस्तै भएर फर्किए छ। अर्को टोली सुरक्षामा आयो।
यस्तो घटना त्यसबेलाका प्र अ मोहन सरले सुनाए। केहि दिन पछि प्रजिअ हरिभक्त रन्जितकारको छोरा सुदर्शन जो हाम्रो कक्षा सहपाठी उसले सुनायो राजालाई रोक्ने सेना बढुवा भए छ। राजा राजधानी फर्किएपछि।
गोदबा चौथो पनि पायो रे! तर अहिलेका मन्त्री इमान्दार लाई जेल हाल्ने काम गर्छन र हरे कमरेड माधब नेपाल सर्वहारा चरित्र यही हो?
https://ekantipur.com/news/2022/09/04/16622873385926999.html?author=1
Leave a Reply