भदौ ३०, काठमाण्डौँ ।
नेपाल दुरसञ्बचार पा्रधिकरणले नेपालमा एमडीएमएस (मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम) लागु गरेसंगै नेपालमा अवैध मोबाइल सेट बन्द हुने भएको छ ।
लामो समयदेखि चर्चामा रहेको एमडीएमएस प्रणाली भदौ ३० गतेबाट औपचारिक रुपमा लागु भएको छ । यदि तपाइको मोबाइलमा नेपाल दुरसञ्बचार प्राधिकरणबाट तपाइको मोबाइलमा
‘यो मोबाइल एमडीएमएस प्रणालीमा दर्ता भएको छ’ भन्ने मोबाइलमा मेसेज आयो भने ढुक्का हुनुहोु तपाइको मोबाइल तर्दा भइसकेको छ भनेर ।
मेसेज नआएको खण्डमा हो भने तपाइको मोबाइल एमडीएमएसमा तर्दा नभएकोले केही दिनमा बन्द हुने सम्भावना छ ।
एमडीएमएस प्रणाली के हो र किन लागु गर्ने ?
यो प्रणालीले मोबाइल डिभाइसहरु पत्ता लगाउन र अनधिकृत सेटहरुको सेवा बन्द गर्न सघाउँने प्राधिकरणले जनाएकोछ । यो प्रणाली लागू हुनुभन्दा अघिका मोबाइल स्वतस् चल्नेछन् भने प्रणाली लागू हुनुभन्दा पछिका सबै मोबाइल दर्ता गर्नेपर्ने हुन्छ।
नेपालमा एमडीएमएस प्रणाली लागु भएको खण्डमा चोरीपैठारीबाट आउने र कर नतिरी आउने क्रम कम हुने हुनाले सरकारको राजस्वलाई फाइदा हुने व्यवसायीहरूले बताउँदै आएका छन्।
मोबाइल फोन आयातकर्ताहरूको सङ्घका अध्यक्ष दीपक मल्होत्राका अनुसार अहिले नेपालमा वार्षिक ५० अर्ब रुपैयाँ बराबरको मोबाइल भित्रिन्छन् तर तीमध्ये ३५ अर्ब रुपैयाँ बराबरका मोबाइल अनधिकृत रूपमा भित्रिएका छन्।
त्यस्ता अवैध मोबाइलले तीन वटा समस्या पैदा गर्छ ‘एक त सरकारले पाउने राजस्व गुम्छ, दोस्रो चोरीपैठारी गर्दा सस्तोमा ल्याइए पनि तिनको बजार मूल्य हामीले आयात गर्दा लाग्ने भन्दा बढी राखिएको हुन्छ र ग्राहक ठगिन्छन्, अनि तेस्रो यसले यहाँका मोबाइल व्यवसायीको बजार खस्कन्छ’ भन्ने मोबाइल व्यवसायिको दावी छ ।
त्यस्तो दर्ता दुई किसिमबाट हुन्छस्
- अधिकृत आयातकर्तामार्फत बेचिएका फोन पहिले नै दर्ता भइसक्छन् र प्रयोगकर्ताले केही गर्नु पर्दैन।
- विदेशबाट आफन्तले ल्याएर दर्ता नगरिएका फोनको हकमा एमडीएमएस प्रणालीमा अनलाइनमार्फत दर्ता गर्नुपर्छ।
- फोनको आईएमईआई नम्बर प्राधिकरणको वेबसाइटमा गएर दर्ता गराउन सकिनेछ।
खुला सिमानाबाट अनुचित किसिमले आएका फोन वा आफन्तले ल्याएका फोन दर्ता नभएको हुनसक्छ। त्यसका निम्ति दर्ता गर्न एसएमएस पठाइन्छ। छ महिनाभित्र दर्ता गरिसक्नुपर्ने छ ।
तर भदौ ३० पछि भित्रिने नयाँ मोबाइलको हकमा दर्ता नगरिए चल्ने छैन ।
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेसनोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा हामीलाई पठाउनु होला।
हामी सम्भव भएसम्म धन्यवाद सहित प्रकाशन गर्नेछौं। सम्पादक।
मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।
Email: everestnews@outlook.com
evtelevison@outlook.com
Ph: 01 5550662, Cel: 98510 97929, 98088 94906
गीत-सङ्गीत र कलाकारिताको लागि
nepaliculture@mail.com
Website:
Television: https://everesthd.tv
Online News: https://everestnewsnepal.com
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, अडियो तथा भिडियो लिंक . . .
भिडियोलाई लाइक र च्यानेललाई सब्सक्राइब गर्नुहोला धन्यवाद ।
Leave a Reply