एकदिन एउटा बिद्यार्थी स्कुलबाट घर फर्किदै गर्दा बाटोमा चिप्लिएर लड्यो। चोटपटक त लागेन तर उसको पाइन्ट भने च्यात्तियो।
उ जुरुक्क उठ्यो। आफ्नो पाईन्ट च्यात्तिएको थाहा पाउने बित्तिकै उ छिटोछिटो घरतिर लाग्यो तर घरमा कसैलाई पनि यो कुरा सुनाएन।
भोलिपल्ट पाईन्ट च्यातिएकोले स्कुल जान मानेन ।
त्यहीँ बेला बुवाले सोध्नु भएछ -” किन आज स्कुल जानको लागि तयारी नभएको ? बिदा हो र? ”
छोरोले जवाफ दियो-” स्कुल बिदा त छैन तर मेरो पाइन्ट च्यातिएको छ। त्यसैले म स्कुल जान्न।”
बुबाले भन्नुभयो- ” खै पाईन्ट यता लिएर आइज त । कति च्यातिएको रैछ ?”
छोराले च्यात्तिएको पाईन्ट लिएर आयो अनि बुवालाई देखायो ।
बाबूले छोरालाई भन्नुभयो -” जा गएर एउटा सियो र धायो नि लिएर आईज त ।”
छोराले तुरुन्तै भित्र छिरेर आमासँग मागेर बुवाको हातमा सियोधागो दियो । बुबाले च्यातिएको पाईन्ट मेहनतका साथ सिलाउनु भयो अनि छोरालाई -” ल अब यो लुगा लगाउ त ।”
छोराले जवाफ दियो-” म यस्तो च्यात्तिएको पाईन्ट – टालटुल पारेर, फेरि लगाएर स्कुल त मरेपनी जान्न ! फेरि यो च्यात्तिएको पाइन्ट लगाएर साथीभाइ र सर- मिसको अगाडि कसरी देखापर्नु ।”
बुबाले सम्झाउँदै भन्नू भयो – ” हेर छोरा तिमी त ज्ञान आर्जन गर्न , शिक्षित बन्न, ठूलो मान्छे कसरी बन्ने त्यो सिक्न जान पो लागेको हौ त । नँया पाईन्ट देखाउन स्कुल जान होइन नि !
फेरि आज मसंँग त अर्को नयाँ पाईन्ट सिलाउने पैसा अनि समय पनि छैन । आज यँहि लगाएर जाउ । बरु भोलि अर्को सिलाईदिउँला ।”
आखिरमा बाबुले भनेको कुराले छोरो मान्यो र असहज हुँदै भएपनि स्कुल गयो।
बिद्यालय पुगेर बिहानी प्रार्थनाको लाइनमा असहज मान्दै भएपनि अन्तिममा बस्यो । उ चाहन्थ्यो कसैले पनि आफ्नो फाटेको पाईन्ट नदेखोस् , थाहा नपाओस् ।
उक्त विद्यार्थीले असहज महसुस गरिरहेको एउटा शिक्षकको आँखामा पर्यो तर असहजता महसुस गर्नुको कारण थाहा पाउन सकेनन् तैपनि निरन्तर ध्यान दिइरहे।
कक्षा कोठामा जाँदा, शौचालय जाँदाआँउदासम्म उसलाई संकोच र एकदम अप्ठ्यारो महसुस भईरहयो।
शिक्षकको निरन्तर निगरानीबाट शिक्षकलाइ यो कुरा पत्ता भयो कि च्यात्तिएकोको पाईन्ट सिलाएर लगाएर आएकोले विद्यार्थीले असहज र एकदम अप्ठ्यारो महसुस गरिरहेको छ।
अन्तिम दोस्रो पिरियडमा शिक्षकले आफुले त्यो कक्षाकोठामा पढाउने बेला त्यो विद्यार्थीलाई अगाडि बोलाउनु भयो अनि सबैको अगाडि च्यात्तिएको पाईन्ट सिलाएर लगाएको देखाइदिनु भो।
देखाउने क्रममा उँहाले यो कुरा भन्न छुटाउनु भएन कि –
एक असल बुबाको राम्रो सिलाई सीप र कला, अनि एउटा असल छोराले आफ्नो बाबुको कर्ममाथी गरेको सम्मान, जहाँ इच्छा त्यँहा उपाय भने जस्तै – आफ्नो ज्ञान सिपको प्रयोग, आत्मनिर्भरता , समस्याको उचित समाधान यावत् यावत् कुराहरु भनेर प्रसंशा गर्दै भन्नुभयो -” ल बाबु तिमी गएर बस ।”
विद्यार्थी एकदमै गौरवका साथ गएर बेन्चमा बस्यो ।स्कुल छुट्टि हुने बित्तिकै हँसिलो मुहारको साथ घर फर्कियो।
छोराको मुहारमा खुसी देख्दा बाबु छक्क परे किन यति धेरै खुसी भएको होला भनेर ।
छोराले झोला भुँईमा राखेर सुनाउन थाल्यो -” आज स्कुलमा सरले तपाँईको सिप, मेरो लगनसिलता अनि अरु के के कुराको कति धेरै प्रसंशा गर्नु भयो ।”
” एक असल पिता हो भनेर आज मेरो स्कुलभरी तपाँईको र मेरो चर्चा छ बुबा। अब मलाई नयाँ पाईन्ट चाँहिदैन । यँहि लगाएर जान्छु । पाईन्टको साटो बरु एउटा नयाँ कापी किनेर ल्याइदिनु । यो पालाको परिक्षामा उच्च स्थान हासिल गर्न छ।”
बुबाले मुस्कुराँउदै सरको नाम सोध्नुभयो अनि भोलि नयाँ कापी किनिदिने बाचा गर्नुभयो।
दुई दिनपछि बुबाले शिक्षकलाई भेट्न स्कुल जानूभयो ।
जब ती शिक्षकलाई भेट्नुभयो बुवाले भन्नुभयो -” शिक्षकलाइ किन भगवान भन्छन् भन्ने कुरो मैले अस्ति मेरो छोराको चेहराबाट बुझें ।
यदि त्यो दिन हजुरले केही घृणित शब्द प्रयोग गरिदिएको भए मेरो छोराको अन्तरमनदेखि विद्यालयको ढोका सदाको लागि बन्द हुने थियो !
अब मेरो छोरो असल मान्छे बन्ने कुरोमा म ढुक्क छु। तपाँईप्रति मेरो उच्च सम्मान छ !!!
शिक्षकले मुस्कुराँउदै भन्नुभयो-” यो त मेरो धर्म !”
सबै शिक्षकमा यस्तो जिम्मेवारी अनि बुबाआमामा यस्तो सोच हुने हो भने नँया पिँढि कति सप्रेर जान्थे होला है
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेसनोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा हामीलाई पठाउनु होला।
हामी सम्भव भएसम्म धन्यवाद सहित प्रकाशन गर्नेछौं। सम्पादक।
मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।
Email: everestnews@outlook.com
evtelevison@outlook.com
Ph: 01 5550662, Cel: 98510 97929, 98088 94906
गीत-सङ्गीत र कलाकारिताको लागि
nepaliculture@mail.com
Website:
Television: https://everesthd.tv
Online News: https://everestnewsnepal.com
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, अडियो तथा भिडियो लिंक . . .
भिडियोलाई लाइक र च्यानेललाई सब्सक्राइब गर्नुहोला धन्यवाद ।
Leave a Reply