असोज २२, काठमाण्डौँ ।
नेकपा एमालेका पोलिटब्युरो सदस्य बालकृष्ण ढुंगेलको निधन भएको छ ।
आज विहान काठमाडौं गोठाटारस्थित आफ्नै निवासको शौचालयमा लडेर निधन भएको एमालेका नेता नानीबाबु बुढाथीकीले बताउनु भयो ।
माओवादी पोलिटव्युरो सदस्य नेता ढुङ्गेल २०६४ सालको निर्वाचनमा ओखलढुङ्गा क्षेत्र नं ख बाट प्रत्यासी उम्मेद्धारमा विजय भई संविधान सभाको सदस्य बनेको थियो ।
नेता ढुंगेल नेकपा एमाले र माओवादी एकताबाट फरक भएको बेला एमालेमा प्रवेश गरेको हुन ।
द्धन्दकालको बेला २०५५ साल असार १० गते रामेछापमा उज्जनकुमार श्रेष्ठको हत्या भएको अभियोगमा २०६६ सालमा सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैद सजाय दिएको थियो ।
ओखलढुंगा जिल्ला अदालतले सर्वस्वसहित जन्म कैदको फैसला गरेको थियो । तर तत्कालिन पुनरावेदन अदालत राजविराजले २०६३ सालमा ढुंगेलको जिल्ला अदालतको फैसला उल्टाएपछि सर्वोच्च अदालतले २०६६ सालमा जिल्ला अदालत ओखलढुङ्गाकै निर्णयलाई सदर गर्दै जन्मकैदको फैसला सुनाएको थियो ।
नेता ढुङ्गेललाई २०७४ साल कार्तिक १४ गते नेपाल प्रहरीको सिआईबी टोलीले सातदोबाटो ललितपुरबाट उनलाई पक्राउ गरेको थियो ।
सर्वोच्चबाट जन्मकैदको फैसला भए पनि उनले २०७९मा ११औँ गणतन्त्र दिवसको अवसरमा ढुङ्गेल आम माफी पाएका थिए ।
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेसनोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा हामीलाई पठाउनु होला।
हामी सम्भव भएसम्म धन्यवाद सहित प्रकाशन गर्नेछौं, – सम्पादक।
मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।
Email: everestnews@outlook.com
evtelevison@outlook.com
Ph: 01 5550662, Cel: 98510 97929, 98088 94906
गीत-सङ्गीत र कलाकारिताको लागि
nepaliculture@mail.com
Website:
Television: https://everesthd.tv
Online News: https://everestnewsnepal.com
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, अडियो तथा भिडियो लिंक . . .
भिडियोलाई लाइक र च्यानेललाई सब्सक्राइब गर्नुहोला धन्यवाद ।
Leave a Reply