२०७९ को प्रतिभा पुरस्कार गायिका एलिना राईलाई

असोज ३०, काठमाण्डौ ।

गायिका एलिना राई २०७९ को गायन विजेता बनेकीछिन ।

ओखलढुंगा कला साहित्य समाजद्वारा आयोजित ‘प्रथम ओखलढुङ्गा लोक संगीत तथा साहित्य प्रतिभा २०७९’ को प्रथम पुरस्कार गायिका राईले हात परेकी हुन ।

ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा गाउपालिकाको आर्थिक सहयोगमा आयोजित कार्यक्रम गायन, नृत्य र कविता विधामा प्रतियोगिता आयोजना गरिएको संस्थाकाअध्यक्ष राज राईले बताउनु भयो ।

ओखलढुङ्गा जिल्ला कला र साहित्यको उर्वराभूमि भएकोले नया कलाकार र साहित्यकारलाई उजागरण र प्रोत्सान गराउन तथा नव प्रतिभाको खोजिको निम्ति कार्यक्रमलाई गाउपालिकाले आर्थिक सहयोग गरेको गाउपालिका प्रमुख गम्बु शेर्पाले बताउनु भयो । 

गायन विधामा मानेभञ्ज्याङका एलिना राई, नृत्यतर्फ खिजीदेम्बाको युनिषा खड्का र साहित्यतर्फ सिद्धिचरण नगरपालिकाको देव वाहिगले विजेता बनेकाछन ।

विजेताहरूलाई खोजी प्रतिभा सम्मान २०७९ प्रमाण पत्र सहित नगद पुरस्कार३० हजार र ट्रफी प्रदान गरिएको हो ।

मानेभञ्ज्याङ गाउपालिका वडा नं ३ उबू, फकुलका स्थायी बासिन्दा राई लामो समयदेखि काठमाण्डौमा गायन प्रशिक्षण लिदैआएका हुन ।

वाम्बुले जातिको लोक भाका राम्दलेमा तथा नेपाली गीतमा समेत स्वर भरिसकेको गायिका राई गीतसङ्गीतमा निकै रुचि राख्ने गायिका हुन ।


. . . .  . . . . . . . . . . . . . . .  .  . . . . . . .  . . . . . . . . . . . . . . .  .

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेसनोटहरु, सल्लाह, सुझाव प्रतिक्रिया भएमा हामीलाई पठाउनु होला

हामी सम्भव भएसम्म धन्यवाद सहित प्रकाशन गर्नेछौं – सम्पादक।

मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।

Email:     everestnews@outlook.com

                                                  evtelevison@outlook.com 



Ph: 01 5550662, Cel:  98510 97929, 98088 94906

गीत-सङ्गीत र कलाकारिताको लागि

                                             nepaliculture@mail.com

Website:

                                           Television:  https://everesthd.tv

                                          Online News: https://everestnewsnepal.com

. .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . .

एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, https://youtu.be/kvRqcWk4Nkoअडियो तथा भिडियो लिंक . . .



भिडियोलाई लाइक र च्यानेललाई सब्सक्राइब गर्नुहोला धन्यवाद ।



About Everest News 759 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*