लेखक सलमान रुस्दीको एउटा आँखाकाे ज्याेति गुम्याे

कार्तिक ७,

विश्व प्रसिद्ध तथा विवादास्पद लेखक सलमान रुस्दीको एउटा आँखाकाे ज्योति गुमेको छ ।

उनका एजेन्टका अनुसार गत अगस्टमा अमेरिकाको न्यूयोर्कमा एउटा कार्यक्रममा सहभागी भएका बेला अचानक एक व्यक्तिले छुरा प्रहार गरेपछि सलमानको एउटा हात पनि नचल्ने अवस्थामा पुगेको छ । 

न्यूयोर्कस्थित एजेन्ट एन्द्रयु विलीले स्पेनको अखबार एल पेइसलाई भनेका छन्, “सलमानको अनुहारमा करिब १५ वटा भन्दा बढी घाउ छन् । घाँटीमा तीनवटा गहिरो घाउ छन् । पाखुराको नसा काट्नु परेकाले उनको एउटा हात चल्दैन । उनीमाथि निर्मम आक्रमण भएको थियो । तर, सलमान अहिले कहाँ छन् भन्ने खुलाउन सक्दिन ।”

सन् १९८८ मा उनीद्वारा लिखित उपन्यास ‘द सटानिक भर्सेज’का कारण उनले मृत्युदण्डको धम्की सामना गर्दै आएका थिए ।

केही मुस्लिमले उनको सो उपन्यासले मुस्लिम धर्मको अपमान गरेको ठान्ने गरेका छन् ।

अमेरिकामा जन्मेका २४ वर्षीय आक्रमणकारी हादी मातारविरुद्ध हत्या प्रयासको आरोप लगाइएको छ । तर, उनले सो आरोप अस्वीकार गर्दै आएका छन् ।

ग्त १२ अगस्टमा न्यूयोर्क राज्यको चाउटाउक्वा इन्स्टिच्युटमा अमेरिकाले लेखकहरूलाई कसरी सुरक्षित आश्रय दिँदै आएको छ भन्नेबारे भाषण दिनै लागेको बेला सलमानमाथि अचानक हमला भएको थियो । 

बीबीसीबाट । 

About Everest News 761 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*