कात्तिक २५, काठमाडौं ।
मङ्सिर ४ गते हुनगइरहेको प्रतिनिधि सभा र प्रदेश सभानिर्वाचननजिकिएका बेला मतदाता शिक्षा कार्यक्रम अन्तर्गत काठमाडौंको तिनकुने स्थित ट्रिटन इन्टरनेशनल(मा. वि.)कलेजमा विद्यार्थीहरुकै सहभागीतामा नमुना मतदान गरिएको छ ।
निर्वाचनमा मत बदरको संख्या घटाउने उद्देश्यले नमुना मतदान कार्यक्रम आयोजना गरिएको हो ।
क्याम्पसमा अध्ययनरत कक्षा ११, १२ र स्नातक तहका विद्यार्थीहरुलाई मतदान गर्ने सही तरिका सिकाउने उद्धेश्यले यो कार्यक्रम गरिएको कलेजका नमुना मतदान कार्यक्रम व्यवस्थापक कमानसिहंआर. सि.ले बताउनुभयो ।
नमुना मतदानमा महिला, पुरुष, अशक्त र जेष्ठ नागरिकहरुकालागि छुट्टा छुट्टै लाइनमा राखि मतदान केन्द्र व्यवस्थापन गर्ने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने, गोप्य स्थानमा पुगीउम्मेदवारको चुनाव चिह्नमा मत दिने लगायतका विषयहरु सिकाइएको थियो ।
नमुना मतादनमा साच्चिकै निर्वाचनमा हुने सबै प्रक्रिया पुरा गरिएको नयाँबानेश्वर प्रहरी बृत्तका डिएसपि निशान्तश्री वास्तवले बताउनुभयो ।
यस्ता कार्यक्रमहरुले मतदाता शिक्षा प्रभावकारी हुने, मतदानमा नागरिक सहभागिता बढ्ने तथा बदर मतको संख्या कम हुने उहाँको भनाई छ ।
Leave a Reply