कार्तिक ७ , ओखलढुङ्गा ।
ओखलढुङ्गा जिल्लाबाट प्रतिनिधि सभा लोकतान्त्रिक गठबन्धनबाट प्रत्यासी उम्मेदवार बनेका नेपाली कांग्रेस पार्टीका रामहरि खतिवडाले रामहरि ३३ हजार ५ सय ५६ मत प्राप्त गरि निर्वाचित भएकाछन ।
निटक प्रतिद्धन्दी नेकपा एमालेका प्रत्यासी उम्मेद्धवार यज्ञराज सुनुवारलाई ६ हजार ८ सय १८ मतले पछि पार्दै विजय हासिल गरेकाछन । सुनुवारले २६ हजार ७ यस ३८ मत प्राप्त गरेकाछन ।
गत २०७४ को प्रतिनिधि निर्वाचनमा बाम गठबन्धन भएको कारण सुनुवार निर्वाचित भएका थिए भने यसपटक लोकतान्त्रिक गठबन्धन ९नेपाली कांग्रेस पार्टी र नेकपा माओवादी केन्द्र) को गठबन्धनको कारण खतिवडा निर्वाचित हुन सहज भएको हो ।
२०७० को निर्वाचनमा ओखलढुङ्गा जिल्ला २ क्षेत्र हुँदा क्षेत्र नं १ बाट सुनुवार र २ बाट खतिवडा संसद बनेका थिए ।
२०७४ सालको निर्वाचनमा दुबै क्षेत्रलाई समायोजन गरि प्रतिनिधि सभाको लागि एउटै क्षेत्र तोकिएपछि सुनुवारले बाजि मारेका थिए ।
यसैगरि प्रदेश सभाको लागि ओखलढुङ्गा क्षेत्र नं क बाट लोकतान्त्रिक गठबन्धनबाट प्रत्यासी उम्मेरदवार बनेका नेपाली कांग्रेस पार्टीका प्रदिपकुमार सुनुवार निर्वाचित भएकाछन ।
सुनुवारले १४ हजार ९ सय १६ मत प्राप्तगर्दै निकट प्रतिद्धन्दी पूर्वभौतिक पूर्वधार विकास मन्त्री अम्बिरबाबु गुरुङलाई ३ सय ६० मतको अन्तरले पछिपारेका हुन । गुरुङले १४ हजार ५ सय ५६ मत प्राप्त गरेकोछ ।
ओखलढुङ्गा क्षेत्र नं ख बाट लोकतान्त्रिक गठबन्धनबाट प्रदेस सभाको लागि नेकपा माओवादी केन्द्रबाट प्रत्यासी उम्मेदवार बाबुराम गौतमले विजय हासिल गरेकाछन ।
गौतमले १७ हजार ७ सय ३८ मत सहित निकट प्रतिद्धन्दी नेकपा एमालेका प्रत्यासी उम्मेदवार ज्ञानबहादुर खड्कालाई १ हजार ९६ मतको अन्तरले पछि पार्दै निर्वाचित भएका हुन ।
Leave a Reply