मंसिर १६, काठमाण्डौ ।
काठमाण्डौ महानगरपालिका प्रमुख बालेन शाह र अमेरीकी राजदुत डिन थम्प्सन विच शिष्टचार भेटवार्ता भएको छ ।
भेटको क्रममा काठमाण्डौ महानगर पालिकालाई एमसिसी मार्फत केही सहयोग गर्ने राजदुत थम्सनले चासो राखेपनि बरु अमेरिकामा नेपाली कला सस्कृति झल्काउने मठ मन्दिर बनाउन महानगरले सहयोग गर्ने बताएको मेयर शाहले बताउनु भयो ।
राजदुत थम्प्सन र मेयर साह विच भेटवार्ताको फोटो बाहिरीएपछि सामाजिक सञ्जालमा चर्को विरोध भएको थियो ।
नेकपा एमालेका नेता भिम रावालले नेपालको पराष्ट्रनीति विपरित स्थानीय सरकारले विदेशीहरूसंग भेट वार्ता गर्नु सान्दार्भिक नभएको आशय व्यक्त गरेपछि मेयर बालेनले राजदुत थम्प्सनले पराराष्ट्रको अनुमति लिएको आएकोले शिष्टचार भेट भएको जवाफ दिएकाछन ।
राजदुत थम्प्सनले पटक पटक भेट्न खबर गरेपनि हामीले परराष्ट्रको अनुमति विना भेट्न नमिल्ले तर्क राखेको र राजदुत थम्प्सनले परराष्ट्रको अनुमति लिएर आएकोले भेटेको मेयर साहले जवाफ दिएकाछन ।
यसै सन्दर्भलाइृ लिएर धरान नगरपालिकाका मेयर हर्क साम्पाङले समेत अन्य दल र पार्टीको हस्तक्षेपबाट बच्न स्वतन्त्रबाट निर्वाचितहरू एक हुनपर्ने बताएकाछन ।
काडमाण्डौँ महानगरलाई सफा र व्यवस्थित बनाउन अभियान चलाएका मेयर शाहले फुटपाथका व्यपारीहरूलाई हटाएपछि धरानका मेयर राईले अलोचना गरेपछि केही समय सामाजिक सञ्जालमा जुहारी चलेको थियो ।
Leave a Reply