बाम्राङमा आगोलागी

पुष १०, काठमाण्डौँ ।

खोटाङ जिल्लाको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ झिसेपुमा आगो लागि हुँदा झण्डै ८५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

पुष ९ गते मैया श्रेष्ठको घरमा विद्युत् सर्ट भएर सुरु भएको आगोले नगद, सुनचाँदी, लत्ताकपडा, भाँडाकुँडा, अन्नपातलगायत सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा ८५ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारूङले बताउनु भयो ।

आगलागीबाट घर तथा आवश्यक सम्पूर्ण सामग्री गुमाएका पीडित मैया श्रेष्ठ, कृष्णकुमार श्रेष्ठ र कर्णकुमार श्रेष्ठले आफन्तकोमा आश्रय लिएर बसेका वडाध्यक्ष महेन्द्र राईले बताउनु भयो ।

गत पुष ४ गते मात्रै केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा आगलागी हुँदा पाँच घर जलेर झण्डै चार करोड ९९ लाख ३३ हजार रुपैयाँ बराबरको क्षति भएको थियो ।

असवाधानी तथा प्रकृति प्रकोपको कारण नेपालमा वेर्षनी करोडौँको धनजन तथा उत्तिकै मात्रमा वनजंगल पनि नष्ट हुँदै गएको छ ।

. . . .  . . . . . . . . . . . . . . .  .  . . . . . . .  . . . . . . . . . . . . . . .  .

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेसनोटहरु, सल्लाह, सुझाव प्रतिक्रिया भएमा हामीलाई पठाउनु होला

हामी सम्भव भएसम्म धन्यवाद सहित प्रकाशन गर्नेछौं – सम्पादक।

मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।

Email:     everestnews@outlook.com

                                                  evtelevison@outlook.com 

Ph: 01 5550662, Cel:  98510 97929, 98088 94906

गीत-सङ्गीत र कलाकारिताको लागि

                                             nepaliculture@mail.com

Website:

                                           Television:  https://everesthd.tv

                                          Online News: https://everestnewsnepal.com

. .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . .

एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, अडियो तथा भिडियो लिंक . . .

About Everest News 782 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*